बलेवाको गणेश मावि गण्डकी प्रदेशमा दोस्रो

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
बिहिबार, भाद्र १९ २០७६

बागलुङको बलेवा स्थित गणेश माध्यमिक विदालय गण्डकी प्रदेशमा उत्कृष्ट दोस्रो बनेको छ ।
एसईई परिक्षा २०७५ मा आएको नतिजाको आधारमा गणेश मावि दोस्रो स्थान प्राप्त गर्न सफल भएको हो ।
विद्यालयले ८३ दशमलब ४५ स्कोर प्राप्त गरेको विद्यालयका प्रअ कृष्णप्रसाद गौतमले जानकारी दिनुभयो । पछिल्लो एसईईमा विद्यालयवाट सहभागि ६४ जना विद्यार्थी मध्ये १३ जनाले ए प्लस र २५ जनाले ए ग्रेड प्राप्त गरेका थिए ।
उक्त विद्यालयलाई गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले यहि भाद्र २२ गते अन्तर्रा्ष्ट्रिय शिक्षा दिवसको अवसरमा पुरस्कृत समेत गर्ने भएको छ ।
सामुदायिक विद्यालयमा यस क्षेत्रमा सवैभन्दा पहिला अंग्रेजी माद्यावाट पठनपाठन शुरुवात गरेको उक्त विद्यालय नेपालकै नमुना विद्यालयको रुपमा समेत परिचित छ । उक्त विद्यालयमा विद्यार्थीहरुको आकर्षण समेत बढ्दै गएको विद्यालयका प्रअ गौतमले जानकारी दिनुभयो ।