प्रतिभा खोज्दै अमर आदर्श

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
शनिबार, साउन २५ २០७६

बागलुुङ नगरपालिका स्थित अमर आदर्श बोर्डिङ स्कुलले विद्यार्थीमा भएको प्रतिभा खोज्न थालेको छ ।
विद्यार्थीहरुले आफुुमा भएको प्रतिभा देखाउने ठाउँ नपाउँदा कलाकारिता देखि अन्य क्षेत्रमा पनि वञ्चित हुुनुुपरेकाले यस्तो अवस्था सिर्जना हुुन नदिन अमर आदर्श बोर्डिङले प्रतिभा खोज्न थालेको विद्यालयका प्रिन्सीपल हेमन्त थापाले जानकारी दिनुुभयो ।
विद्यालयले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको ट्यालेन्ट हट कार्यक्रम सम्पन्न गरेको जानकारी दिदै प्रिन्सीपल थापाले विद्यार्थीहरुमा भएको विभिन्न विधाको कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । विद्यालयले सञ्चालन गरेको विभिन्न विधामा ५१ जना विद्यार्थीको सहभागीता रहेको सहायक प्रिन्सीपल कमल पन्तले जानकारी दिनुभयो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजयराज पन्तको अध्यक्षता र शिक्षक विष्णुु आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।