मृगौला पिडित विश्वकर्मा बचाउँ अभियान

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
बिहिबार, साउन २३ २០७६

लामो समय देखि दुवै मृगौला फेल भएर करोडौ रुपैयाँ खर्च गर्दा पनि निको नभए पछि रेशम बहादुुर विश्वकर्मा बचाउ अभियान तथा आर्थिक अभियान सुुरु भएको छ ।
बागलुुङ नगरपालिका ७ कालिमाटीमा जन्मनुु भएका ५२ बर्षिय विश्वकर्माले २०६७ सालमा ४८ लाख रुपैयाँ खर्च गरेर मृगौला फेरे पनि अहिले फेरी त्यसले पनि काम गर्न छोडेपछि मृगौला फेर्नका लागि विश्वकर्मा बचाउँ अभियान सुुरु गरिएको नेपाल विश्वकर्मा समाज बागलुुङले जानकारी दिएको छ ।
दुुवै मृगौलाले काम नगरेपछि विश्वकर्माको २०६७ सालमा एउटा मृगौला प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपण गरिएको ९ वर्ष पछि फेरी नियमित डायलिस सेवा गर्नुुपर्ने भएकाले पिडित बचाउँ अभियान सुुरु गरिएको हो ।
विश्वकर्माको दुुई छोरा र एक छोरी रहेका छन् भने बाबुुको मृगौला प्रत्यारोपण गर्नु भएकाले विचैमा पढाई रोक्न परेको बताइएको छ । मृगौला पिडित रेशम बहादुुर विश्वकर्माको मृगौला पत्यारोपणमा गर्न अझै २५ लाख लाग्ने परिवारीक स्रोतले बताएको छ ।
मृगौला खरावी नहुुदै विदेशमा दुुख गरेर कमाएको पैसाले घरघधेरी लिएको र जसमा दुुईवटा घडेरी २६ लाखमा बेचेर पहिले नै मृगौला प्रत्यारोपण गरिएको तथा बाँकी रहेको एउटा घर पनि बैङ्कमा धितो राखेर औषधी उपचारमा लागेको परिवारले जानकारी दिएको छ ।
विश्वकर्मालाई हप्तामा दुुईपटक डायलिस गर्नुुपर्ने भएकाले काठमान्डौ पोखरा जान आउन धेरै खर्च लाग्ने भएकाले धौलागिरी अञ्चल अस्पतालमा डायलालिस गर्न भनेको भएपनि अस्पतालमा दुइ वटा मेसिन मात्र भएको र कर्मचारी अभावसँगै ३८ जनाले डायलालिस गरिरहेकाले थप समस्या हुुने भन्दै काठमान्डौ नै लैजाने निर्णय परिवारले गरेको कृष्णबहादुुर विश्वकर्माले जानकारी दिनुुभयो ।