बिद्यालय उच्च जोखिममा, पठन पाठन प्रभावित

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
बुधबार, साउन २२ २០७६

निरन्तरको बर्षा संगैको पहिरोको कारण बागलुङको जैमिनी–१० राङखानीमा रहेको जनता प्रथामिक विद्यालय उच्च जोखिममा परेको छ ।

निरन्तरको बर्षाका कारण बिद्यालय पहिरोको उच्च जोखिममा परेपछि बिद्यालयको पठन–पाठन प्रभावित बनेको छ ।

विद्यालय रहेको माथिल्लो र तल्लोभागबाट पहिरो जान थालेपछि मंगलबारदेखि पाँच दिनसम्मको लागि स्थानीय बिदा राखिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश छन्त्यालले बताउनुभयो । विद्यलयमा ४२ जना छात्र÷ छात्रा अध्ययनरत रहेका छन् ।

जोखिमको मुल्याङ्कन नगरि विद्यालय मास्थिरबाट मोटरबाटो खनिएपछि बार्खाको कारण बाटो भत्किएर विद्यालय पुरिने अवस्थामा पुगेको र विद्यालय भवन भन्दा तल्लो भागबाट समेत पहिरो गएको अध्यक्ष छन्त्याल बताउनुभयो ।

अघिल्लो आर्थिक वर्षको नगरको मोटर बाटो विकास योजना अनुसार जैमिनी नगरपालिकादेखी बरेङ गाँउपालिका जोड्ने मोटर बाटो अन्तरगत राङखानी किटेनीदेखी विस्तार गरिएको थियो । गत वर्ष विद्यालयको ३ वटा भवन मध्ये एउटा भवन पहिरोले पुरेको थियो ।

त्यसको ठाउँमा राष्ट्रिय पुननिर्माण बागलुङको सहयोगमा २ कोठे ट्रस्ट बनाईएपनि अहिले पहिरोको जोखिममा परेको विद्यालयका प्रधानाध्यापक कृष्णा श्रीसले बताउनुभयो ।