स्वास्थ्य शिविरमा १ सय २० जना महिलाको स्वास्थ्य परिक्षण

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
आइतबार, साउन १२ २០७६

बागलुुङको काठेखोला गाउँपालिका २ अक्षतेमा स्त्री रोग तथा पाठेघरको मुुखको क्यान्सर परिक्षण सम्वन्धी एक दिने शिविर सम्पन्न भएको छ ।
नेपाल परिवार नियोजन संघ बागलुुङको आयोजना, निलगिरी अस्पताल बागलुुङ, लायन्स क्लव अफ धौलागिरीको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा १ सय २० जना महिलाको स्वास्थ्य परिक्षण गरिएको थियो ।
डाक्टर साधिका सापकोटाले स्त्री रोग तथा पाठेघर मुुखको क्यान्सर परिक्षण गर्नुुभएको र केही महिलाहरुमा समस्या देखिकाले सम्वन्धित अस्पतालमा उपचार गर्न समेत सल्लाह दिएको नेपाल परिवार नियोजन संघ बागलुुङले जनाएको छ ।
कार्यक्रममा बागलुुङ उद्योग वाणिज्य संघका अध्यक्ष युुवराज राजभण्डारी, काठेखोला गाउँपालिका ५ का वडा अध्यक्ष शिव कँडेल लायन्स क्लव अफ धौलागिरीका अध्यक्ष राजनकुुमार शाक्यले निशुल्क स्वास्थ्य परिक्षण सेवाले गाउँका महिलाहरुलाई रोग लाग्नवाट जोगाउन सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रम नेपाल परिवार नियोजन संघ बागलुुङका अध्यक्ष निर्माणकुुमार श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष देवबहादुर श्रेष्ठको स्वागत र नेपाल परिवार नियोजन संघ बागलुुङका प्रमुुख नवराज अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।