अञ्चल अस्पतालमा थाइराइड र स्तनपान कक्ष उद्घाटन

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
बुधबार, साउन ८ २០७६

धौलागिरी अञ्चलको एक मात्र धौलागिरी अञ्चल अस्पतालमा थाइराइड र स्तनपान कक्षको मंगलवार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ ।

धौलागिरी अञ्चल अस्पतालमा स्तनपान कक्षसँगै थाइराइड सेवाको समेत सुुरुवात गरिएको हो । सेवाको गण्डकी प्रदेश सांसद इन्द्रलाल सापकोटा र बागलुुङ नगरपालिका नगरप्रमुुख जनकराज पौडेलले शुभारम्भ गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सांसद इन्द्रलाल सापकोटाले स्वास्थ्य मानिसको सवैभन्दा महत्वपुुर्ण भएकाले कसैले ख्यालठट्टा गर्न नहुुने र आफ्नै क्षेत्रको अञ्चल अस्पतालको विकासमा सवै लाग्नुु पर्नेमा जोड दिनुभयो । सांसद सापकोटाले अञ्चल अस्पतालको पुुर्वाधार विकासमा गण्डकी प्रदेशले हरेक क्षेत्रमा सहयोग गर्ने बताउनुुभएको थियो ।

बागलुुङ नगरपालिका नगरप्रमुुख जनकराज पौडेलले जनताको स्वास्थ्य संग खेलवाड गर्ने अधिकार कसैलाई नभएकाले अञ्चल अस्पतालमा कुनै पनि स्रोत साधनको कमि हुन नहुने बताउनुभयो । डाक्टर सुुरज बरालले थाइराइड सेवा प्रदानका बारेमा जानकारी दिनुभएको थियो ।

आमा र शिशुको स्वास्थ्यलाई मध्यनजर गर्दै अस्पताल परिसरमै स्तनपानकक्ष सञ्चालनमा ल्याइएको हो भने थाइराइडका विरामीलाई समेत सेवा सुुविधाका लागिसेवा सुुरु गरिएको अस्पतालले जानकारी दिएको छ ।

सार्वजनिक स्थलमा आफ्ना शिशुलाई स्तनपान गराउन महिलाले असजिलो महसुस गर्ने र त्यसले आमा तथा बच्चाको स्वास्थ्यमा असर गर्ने भएकाले अस्पताल परिसरमै स्तनपानकक्ष तयार गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र बी पोखरेलले जानकारी दिनुुभयो ।

अस्पतालमा हालै मात्र नवनिर्मित अस्पतालको ‘बी’ ब्लक भवन सञ्चालनमा आएसँगै सेवा प्रवाहमा सहजता आएको थाइराइडका विरामी पोखरा काठकमान्डौ लगायतका सहरमा जाने गर्दा खर्च बढी हुुने भएकाले पनि धौलागिरी अञ्चल अस्पताल नै थाइराइड सेवा प्रदान सुुरु गरिएको व्यवस्थापन समितिका अध्यक्ष केवी रानामगरले जानकारी दिनुुभयो ।

अस्पतालमा स्वास्थ्य उपचारका लागि आउने आमा तथा शिशुलाई स्तनपानकक्षले निकै सहज हुने अध्यक्ष रानामगरले जानकारी दिनुभयो । स्तनपान गराउने कक्ष नहुँदा अस्पतालमा आउने सुत्केरी आमालाई निकै असहज भएको बताउँदै मगरले गोप्य स्तनपानकक्ष स्थापनाले आमा तथा शिशु दुवैलाई सहज हुने उल्लेख गर्नुभयो । स्तनपान कक्षमा एकै पटक १० जना आमा बसेर स्तनपान तथा आराम गर्न सक्ने बताइएको छ ।

कार्यक्रम धौलागिरी अञ्चल अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवि राना मगरको अध्यक्षता, मेडिकल सुपरीटेण्डेन डाक्टर शैलेन्द्र बी पोखरेलको स्वागत र सदस्य शालीग्राम शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।