रोटरी क्लब पर्वतको एम्बुलेन्स सेवा शुरु

धौलागिरी एफएम संवाददाता, पर्वत / प्रकाशित मिति :
मंगलबार, असार १០ २០७६

रोटरी क्लव अफ पर्वतले एम्वूलेन्स सेवा शुरु गरेको छ ।
राष्ट्रिय शैक्षिक तथा सामाजिक बिकास संस्था(नेष्डो नेपाल) र अमरटिका फाउन्डेसनको सहयकार्यमा रोटरी क्लब अफ पर्वतले एम्बुलेन्स सेवा सुरु गरेको हो ।
नेष्डो नेपाल स्थापनाको रजत बर्षको अवसर पारेर रोटरी क्लबले एम्बुलेन्स सेवा सुरु गरेको हो । विगत वर्ष देखि एम्वूलेसन संचालनका लागी सहयोग उठाउदै आएको थियो ।
कहिले च्यारीटी शो संचालन गर्ने त कहिले अन्य रोटरियन साथीहरुसंग सहयोग माग्ने गरेर उक्त एम्वूलेन्स खरिद गर्न सफल भएको हो । नेष्डो नेपाल र अमर टिका फाउण्डेशनले कूल लागतको झण्डै ५० प्रतिशत खर्च सहयोग गरेको छ ।
रोटरी ईन्टरनेशनलका तुलसी महर्जनले २ लाख नगद सहयोग गरे पछि शुरु भएको अभियानमा रोटरी क्लवका ४५ जना सदस्यहरुको सहयोग, रोटरी क्लवका संस्थापक अध्यक्ष विश्व प्रकास प्रसाई,पूर्व अध्यक्षहरु गोपी अधिकारी,शिव शर्मा पौडेल,प्रेम प्रसाद पौडेल,गणेश वहादूर क्षेत्री,गणेश पौडेल, विप्लव हमाल र वर्तमान अध्यक्ष सावित्रिी खत्रीक्षेत्री लगायतको सहयोग तथा सकृयतामा उक्त सेवा संचालन गर्न सफल भएको हो ।