म्याग्दी मालिकाका ४२ परिवारको निशूल्क स्वास्थ्य बिमा

धौलागिरी एफएम संवाददाता,म्याग्दी / प्रकाशित मिति :
बिहिबार, असार ५ २០७६

म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङका ४२ परिवारको निशूल्क स्वास्थ्य बिमा गरिएको छ ।
वडाको प्रस्तावमा गाउँपालिकाले बिनियोजन गरेको बजेटबाट विपन्न परिवारको शूल्क तिरेर स्वास्थ्य बिमा गरिएको हो ।
प्रति परिवार तीन हजार पाँच सय रुपैयाँका दरले शूल्क तिरेर स्वास्थ्य बिमा गरेको वडा अध्यक्ष सन्तोष सुवेदीले जानकारी दिनुभयो ।
उनिहरुले एक वर्षसम्म सूचिकृत स्वास्थ्य संस्थाबाट एक लाख रुपैयाँ सम्मको औषधी उपचार सेवा प्राप्त गर्नेछन् । विपन्न समुदायको स्वास्थ्य उपचार सेवामा पहुँच बढाउन बिमा गरिएको हो ।
म्याग्दीमा दरवाङ प्राथमिक स्वास्थ्य केन्द्र र बेनी अस्पताल स्वास्थ्य बिमा गरेका नागरिकको उपचारका लागि प्रारम्भिक स्वास्थ्य संस्था तोकिएको छ ।