बागलुङ हस्तकला सघंको अध्यक्षमा ज्योती श्रेष्ठ सर्वसम्मत

/ प्रकाशित मिति :
शनिबार, जेष्ठ २ २០८३

बागलुङ २ जेठ – बागलुङ हस्तकला सघंको अध्यक्षमा ज्योती श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ । सघंको शनिबार सम्पन्न १६ औ साधारण सभा तथा पाँचौ अधिवेशनले श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्य समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा सम्झना श्रेष्ठ, महासचिवमा सविना राजभण्डारी, सचिव बसन्तजंङ्ग राजभण्डारी र कोषाध्यक्षमा शकुन्तला श्रेष्ठ रहनुभएको छ । यसैगरी समितिका सदस्यहरुमा शुभ श्रेष्ठ, मुना शाक्य, रेनुका राजभण्डारी र शान्ति श्रेष्ठ रहनुभएको छ ।

कार्यक्रमको उद्घाटन सत्रमा विभिन्न तालिमको माध्यम बाट हस्तकला सघंलाई सहयोग पुर्याउने बसन्तजंङ्ग राजभण्डारीलाई सम्मान गरिएको थियो । राजभण्डारी लाई संस्थाका अध्यक्ष पुष्पकिरण श्रेष्ठ सैजु र संस्थापक संरक्षक प्राज्ञ प्रेम छोटाले सम्मान पत्र सहित दोशल्ला ओडाएर सम्मान गर्नुभएको हो ।

सो अवसरमाबोल्दै बागलुङ हस्तकला सघंका संस्थपक संरक्षक छोटाले हस्तकला सघंलाई थप ब्यवस्थित र परिमार्जन गर्दै लैजानुपर्ने बताउनुभयो । उहाँले हस्तकलाका सामग्रीहरु उत्पादन गरेर अन्तराष्ट्रिय बजार सम्म पुर्याएको दाबी गर्नुभयो ।

कार्यक्रममा सघंका संस्थापक अध्यक्ष ईन्द्र श्रेष्ठ, बागलुङ उद्योग बाणिज्य सघंका अध्यक्ष राजन कुमार शाक्य, बागलुङ हस्तकला सघंका सल्लाहकार ईश्वर मलेपति, सम्मानित व्याक्तित्व बसन्तजंङ्ग राजभण्डारी, आजिवन सदस्य चन्द्र कुमारी श्रेष्ठ र पत्रकार कोपीला कँडेल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम बागलुङ हस्तकला सघंका अध्यक्ष पुष्पकिरण श्रेष्ठ सैजुको अध्यक्षता, उपाध्यक्ष ज्योती श्रेष्ठको स्वागत मन्तव्य र महासचिव सम्झना श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।