कुडुले सेवा समाजको अध्यक्षमा कृष्ण प्रसाद आचार्य

/ प्रकाशित मिति :
मंगलबार, माघ ७ २០८२

बागलुङ, ६ माघ – कुडुले सेवा समाज बागलुङको ८ औ साधारणसभा तथा तेस्रो अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेशनले कृष्णप्रसाद आचार्यको नेतृत्वमा नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा ताराकान्त आचार्य, सचिवमा रिता देबी शर्मा, कोषाध्यक्षमा नारायण सापकोटा, सहसचिवमा रिता थापा रहनुभएको छ । समितिको सदस्यमा हरिप्रसाद सापकोटा, निलप्रसाद सापकोटा, लोकनाथ शर्मा गणेश र मनोज शर्मा सापकोटा रहनुभएको छ ।
अधिवेशनको उद्घाटन संस्थाका मानार्थ सदस्य हिमालयप्रसाद आचार्यले गर्नुभएको थियो । सो अवसरमा बोल्दै उहाँले संस्थालाई अगाडी बढाउनका लागि सबैको साथ र सहयोग आवश्यक पर्ने बताउनुभयो ।

कार्यक्रममा बानपा ४ का वडा अध्यक्ष कुमारबिक्रम क्षेत्री, वडा नम्वर ३ का अध्यक्ष शनि केसी लक्ष्मण, बानपा ४ का वडासचिव नेत्रप्रसाद सापकोटा, वडासदस्य अर्जुन सापकोटा, कुडुले माविका प्रधानाध्यापक हरिलाल कँडेल, कुडुले सेवा समाजका सल्लाहकार यामलाल आचार्य, संस्थापक सचिव कृष्णप्रसाद सापकोटा, खुसी मन बागलुङका अध्यक्ष नारायण आचार्य, मालिका सेवा समाजका अध्यक्ष जिवननाथ शर्मा रेग्मी, सदस्य प्रकाश केसी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा समाजका सचिव टिकाराम शर्मा सापकोटाले प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा मानार्थ सदस्य हिमालय आचार्य लाई संस्थामा गरेको योगदानको कदर गर्दै सम्मान पत्र सहित दोशल्ला ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रम कुडुले सेवा समाजका अध्यक्ष कृष्णप्रसाद आचार्यको अध्यक्षता, उपाध्यक्ष रितादेबी शर्माको स्वागत र सचिव टिकाराम सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।