श्री रंङ्गवैकटेश मुक्तिनारायण मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा स्वामी ऋषि प्रपन्नाचार्य सर्वसम्मत

/ प्रकाशित मिति :
बिहिबार, पुष २४ २០८२

कोपीला कँडेल,
बागलुङ, २४ पुष – श्री रंङ्गवैकटेश मुक्तिनारायण मन्दिर तथा शालग्राम संग्राहालय ब्यवस्थापन समितिको अध्यक्षमा स्वामी ऋषि प्रपन्नाचार्य सर्वसम्मतरुमा निर्वाचित हुनुभएको छ । बागलुङ नगरपालिका वडा नम्वर ४ कुडुले फेदी स्थित मन्दिर व्यवस्थापन समितिको २० औ साधारण सभा तथा १० औ अधिवेशनले स्वामी ऋषि प्रपन्नाचार्यको अध्यक्षतामा सर्वसम्मत ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा हरि प्रसाद उपाध्याय, सचिवमा रामकृष्ण सापकोटा र कोषाध्यक्षमा विदुर प्रसाद शर्मा पौडेल रहनुभएको छ । यसैगरी समितिका सदस्यहरुमा राम प्रसाद शर्मा, ओमनाथ सापकोटा, ईन्द्र श्रेष्ठ, हिमलाल आचार्य, धरणिधर सापकोटा, टिकाराम सापकोटा र गोविन्द प्रसाद पौडेल रहनुभएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै मन्दिरका सहयोगदाता तथा समाजसेवी सहदेव राजभण्डारीले धार्मिक तथा पर्यटकिय क्षेत्रको विकाशका लागि यस मन्दिरले महत्वपुर्ण योगदान पुर्याएको बताउनुभयो ।

कार्यक्रममा बागलुङ उद्योग बाणिज्य सघंका अध्यक्ष युवराज राजभण्डारी, पञ्चकोट विकाश परिषदका सचिव नारायण प्रसाद आचार्य, वडानम्वर ४ का वडासदस्य अर्जुन सापकोटा, कुडुले मास्वि व्यवस्थापन समितिकाका अध्यक्ष कृष्णप्रसाद आचार्य र पत्रकार कोपीला कँडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सो अवसरमा मन्दिर ब्यवस्थापन समितिका सचिव रामकृष्ण सापकोटाले प्रगति प्रतिवेदन र कोषाध्यक्ष विदुर प्रसाद शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यसवर्षको आम्दानी १ करोड २२ लाख र खर्च तर्फ ७१ लाख ९९ सय हजार रहेको सचिव सापकोटाले जानकारी दिनुभयो । संस्थाको जम्मा वचत २ करोड ७ लाख ४३ हजार रहेको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कार्यक्रम श्री रंङ्गवैकटेश मुक्तिनारायण मन्दिर तथा शालग्राम संग्राहालयका अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यको अध्यक्षता, संस्कृत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम प्रसाद शर्माको स्वागत र उपाध्यक्ष हरिप्रसाद उपाध्यायको संचालनमा सम्पन्न भएको थियो ।