ताराखोलामा स्काभेटर माथि पहिरो खस्दा सह–चालकको मृत्यु

/ प्रकाशित मिति :
सोमबार, मंसिर २३ २០८२

बागलुङ –बागलुङको ताराखोला गाउँपालिका–५ कराचेमा निर्माणस्थलमा रोकिएको स्काभेटर माथि पहिरो खस्दा सह–चालकको मृत्यु भएको छ ।

आइतबार गण्डकी प्रदेश–०२–००१ क ०००२ नम्बरको जेसीबी सफा गर्ने क्रममा निर्माणस्थलको माथिल्लो भागबाट अचानक ढुङ्गा र माटोसहितको पहिरो खस्दा सह–चालक रोल्पा घर भएका १९ वर्षीय बिशाल पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक कमलजंग थापाले जानकारी दिनुभयो ।

पहिरोबाट स्काभेटर समेत क्षतिग्रस्त भएको प्रहरीको बताएको छ । सो स्काभेटर चालक ढोरपाटन नगरपालिका–५ अधिकारीचौरका २८ वर्षीय झकबहादुर कुँवर रहेको प्रहरीले जनाएको छ ।