गुठी युवा क्लब बागलुङद्धारा दुई दिने तिजी मेलाको आयोजना

/ प्रकाशित मिति :
आइतबार, साउन १९ २០८२

बागलुङ, १८ साउन – गुठी युवा क्लब बागलुङले हरितालिका तीजको अवसरमा बागलुङ बजारमा दुई दिने तीज मेला गर्ने भएको छ । बागलुङ नगरपालिका वडा नं. ३ को कार्यालय चिप्लेटी महिला समूह र गुठी आमा समूहको सह–आयोजना रहने मेला भदौ ९ र १० गते चल्ने क्लब सचिव सुवास रुचालले जानकारी दिनुभयो ।

कला संस्कृतिको संरक्षण, प्रवद्धन गर्दै परम्परागत रुपमा मनाउदै आएको तिज पर्वको मौलिकता जोगाउने उदेश्यले मेलाको आयोजना गरिएको क्लबले जनाएको छ ।

मेलामा अन्तरविद्यालय तीज नृत्य प्रतियोगिता, घैटोफोर, स्लो बाइक रेश प्रतियोगिता र महिला समुहद्वारा मौलिक तीज गीत प्रदर्शन हुने सचिव रुचालले बताउनुभयो । चिप्लेटी बसपार्कको प्राङगणमा आयोजना हुने तीज मेलामा महिला दिदिबहिनी सम्मान, राष्ट्रिय तथा स्थानीय कलाकार सांगीतिक प्रस्तुति रहने छ ।