फेन्सी व्यवसायी समिति बागलुङको १८ औ स्थापना दिवस

/ प्रकाशित मिति :
आइतबार, असार २९ २០८२

बागलुङ २८ असार – कपडा तथा फेन्सी व्यवसायी समिति बागलुङले आफ्नो १८ औ स्थापनादिवस विविध कार्यक्रममा साथ शनिबार सम्पन्न गरेको छ ।स्थापना दिवसका अवसरमा समितिले उद्योग बाणिज्य सघंका नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई सम्मान सहित स्वागत गरेको थियो ।

उद्योग बाणिज्य सघंको अधिवेशनबाट निर्वाचित अध्यक्ष राजनकुमार शाक्य लगायत पदाधिकारी सल्लाहकार र सदस्यहरुलाई कपडा तथा फेन्सी व्यावसायी समितिका अध्यक्ष दलबहादुर कार्की डिबी र उद्योग बाणिज्य महासघंका केन्द्रिय सदस्य युवराज राजभण्डारीले सम्मान गर्नुभएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै केन्द्रिय सदस्य राजभण्डारीले खस्कदो व्यावसायलाई उचाईमा पु¥याउनका लागि व्यावसायीक एकता हुनुपर्ने वताउनुभयो । उहाँले उद्योगी व्यावसायीमाथि आएका समस्या समाधानका लागि उद्योग बाणिज्य सर्घ सदैव साथमा रहेको बताउनुभयो ।
सो अवसरमा उद्योग बाणिज्य सघं बागलुङका अध्यक्ष राजनकुमार शाक्यले व्यावसायीका समस्या जिल्लामा मात्र नभएर देशैभर भएकाले यसलाई सबैले साझा समस्याको रुपमा समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ, बागलुङ उद्योग बाणिज्य सघंका विशिष्ट सदस्य सञ्जयकुमार श्रेष्ठ र कपडा तथा फेन्सी व्यावसायी समितिका निवर्तमान अध्यक्ष रामचन्द्र शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम कपडा तथा फेन्सी व्यावसायी समितिका अध्यक्ष दलबहादुर कार्की डिबीको अध्यक्षता, उपाध्यक्ष गोकुलप्रसाद कँडेलको स्वागत र सचिव प्रेमलाल गौतमको संचालनमा सम्पन्न भएको थियो ।