बागलुङमा नाबालिका माथि सामुहिक करणी गरेको आरोपमा ३ जना पक्राउ

/ प्रकाशित मिति :
बिहिबार, असार १२ २០८२

बागलुङ, १२ असार – नाबालिकामाथि सामूहिक रुपमा जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।
गत जेठ २८ गते आफन्तको घरबाट घर फर्किदै गरेकी १४ वर्षीया नाबालिकालाई साँझको समयमा सामूहिकरुपमा जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ पर्नेहरुमा जिल्लाको बडिगाड गाउँपालिका वडा नं. ८ का ३० वर्षका याम प्रसाद श्रीस, सोही ठाउँका २५ वर्षका गुणबहादुर श्रीस र ३५ वर्षका झमु श्रीस रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिनुभयो ।
नाबालिकालाई जबरजस्ती करणी गरी लुकीछिपी बसिरहेको अवस्थामा प्रहरीले उहाँहरुलाई बडिगाडबाटै पक्राउ गरेको हो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण रिपोर्ट, पीडितको बयान, जोहरी दरखास्तलगायतका प्रमाणहरुको आधारमा बागलुङ जिल्ला अदालतबाट जबरजस्ती करण गर्न नहुने कसुर मुद्दामा पाँच दिनको म्याद गरी अनुसन्धान गरिरहेको सूचना अधिकारीसमेत रहनुभएका प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो ।