आलम लाई सफाई दिने वीरगञ्जकान्यायाधीस लाई कालो मोसो

/ प्रकाशित मिति :
बिहिबार, जेष्ठ ३០ २០८२

बागलुङ, २९जेष्ठ –उच्च अदालत वीरगञ्जका न्यायाधीश डा. खुसीराम थारुलाई मोसो दलिएको छ। बिहीबार नेकपा बहुमतका कार्यकर्ताहरूले उच्च अदालत वीरगञ्जका न्यायाधीश डा. खुसीराम थारुलाई मोसो दलेका हुन्।

उनीहरूले कार्यकक्षमै पुगेर न्यायाधीश थारुमाथि मोसो प्रहार गरेका हुन्। मोसो प्रहार गरे लगत्तै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। मोसो दल्दै उनीहरुले भनेका छन्, ‘नेकपा बहुमत जिन्दाबाद, जनताको कर खाने र जनताकोविरुद्धमा फैसला गर्ने एवं नेकपा बहुमत पार्टीले नेपालभर भ्रष्टाचारविरुद्धमा यसरी कारबाही गरेको छ।’

थारुसहितको इजलासले केही दिनअघि ज्यान मुद्दामा कारागारमा रहेका नेपाली कांग्रेसका पूर्व सांसद अफताब आलमलाई सफाइ दिएको थियो। फैसलाको संक्षिप्त पाठअनुसार सफाइ दिन अदालतले आलमलाई महान्यायाधीवक्ताको कार्यालयले यसअघि मुद्दा चलाउन नपर्ने निर्णय गरेको तथा सर्वोच्च अदालतले गरेको परमादेश, विष्फोटमा घाइते भनिएका पिन्टु भनिने त्रिलोक प्रकाश सिंह र ओशी अफताबलाई ट्याक्टरमा हाली राजा इट्टाभट्टामा ल्याइ पोलिएको भन्ने ठोस सबुत प्रमाण वादीले पेस गर्न नसकेको आधार देखाएको थियो।