जातिय भेदभाव तथा छुवाछुत उन्मुलन  दिवसका अवसरमा काठेखोलाका ९ जना लाई सम्मान

/ प्रकाशित मिति :
बिहिबार, जेष्ठ २३ २០८२

 

लक्ष्मी परियार
बागलुङ, २२ जेष्ठ –सामाजिक विभेद विरुद्धको जागरण,आर्थिक समृद्धि र सशक्तिकरण हाम्रो अभियान भन्ने मुल नाराका साथ १९औं जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस काठेखोला गाँउपालिकामा पनि विविध कार्यक्रममा साथ मनाईएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले गरिबी ,अशिक्षा धर्म तथा अन्धििवश्वासका कारणले जातिय विभेद तथा छुवाछुतको अन्त्य नभएको बताउनु भएको हो।

थापाले पालिकाले काठेखोलाका दलित परिवारका सदस्यहरुलाई निशुल्क स्वास्थ्यबीमा ,गरिब दलित परिबारका छोरा छोरीलाई निशुल्क प्राविधिक शिक्षा ,व्यवासायीलाई अनुदानका कार्यक्रम र काठेखोला गाउँपालिकाका दलित समुदायका कृषकहरुले उत्पादन गरेको दुधलार्इृृ पनि पालिकाले खरिद गरेर गरि कलेक्सन सेन्टर बनाउने र बजारीकरणको व्यवस्था मिलाउन लागेको बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाक ाउपाध्यक्ष तेज बहादुर थापा तिलक, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चुर्ण बहादुर कार्की,जिल्ला प्रशासन कार्यालय बाग्लुङका प्रशासकिय अधिकृत खिमबहादुर वि.क, वडा नम्वर १ का अध्यक्ष तथा पालिकाका सामाजिक विकास संयोजक खड्क बहादुर थापा ,वडा न.३ का अध्यक्ष कुलबहादुर वि.क,गाउँपालिका प्रवतmा टीका संगम वि.क, कार्यपालिका सदस्य गिता विक,दलित संघ बाग्लुङका अध्यक्ष तारा बहादुर वि.क स्थानिय दलित अगुवा गणेश नेपाली लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

उहाँहरुले राज्यले जातिय भेदभावतथा छुवाछुत उन्मुलन घोषण गरे पनि कार्यान्वन माफितालो भएको गुनासो व्यक्त गर्नुभएको थियो । ्कार्यक्रममा शिबधुरी पन्चेबाजा समूहका सन्तु दर्जीले पहिले देखि गर्दै आएको कामलाई संरक्षण गर्न, पालिकालाई आग्रह गर्नु भएको थियो ।
काठेखोला गाउँपालिकाको आयोजना तथा गाउँपालिका स्तरीय दलित समन्वय समितिकोे समायोजनमा आठवटै वडा भित्रका विभिन्न क्षेत्रमा योगदान पुरयाउनेलाई पालिकाले सम्मान गरेको थियो ।

सम्मानित हुनेमा जिल्ला प्रशासन कार्यालय बाग्लुङका प्रशाशकिय अधिकृत खिमबहादुर विश्वकर्मा,माध्यमिक शिक्षा परीक्षा एसईई २०८०मा उत्कृष्ट अंक ल्याउने प्रभा वि.क,औषधी व्यावसायी यामकुमार,धौलागिरी एफएमका कार्यरत पत्रकार लक्ष्मी परियार ,ग्रिल व्यवसायी भिम बहादुर वि.क,फर्निचर व्यवसायी चुमानसिंह वि.क,जुताव् यवसायी गुमानसिंह नेपाली,फर्निचर व्यवसायी खड्क बहादुर किसान लाई सम्मान गरेको हो । सम्मानित सबैलाई सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान काठेखोला गाँउपालिकाका अध्यक्ष राजु थापाले सम्मान गर्नुभएको थियो ।

यसैबिच दलित परिबारका आठ वडाका विपन्न गरिबि तथा जेहेनदार बालबालिका आयुषा किसान,किस्मत परियार ,प्रदिप परियार,अनुप बिक,आयुष बिक,अस्मिता किसान,आलिया वि.क लाई शैक्षिक सामागी् र झोला वितरण गरिएको थियो भने वडाका नौमति पन्चेबाजा समुहलाई पोशाक वितरण,आर्थिक अवस्थाकमजोर घरविहिन लक्ष्मी दर्जीलाई खाद्यान्न वितरण गरिएको पालिकाले जनाएको छ ।

कार्यक्रम स्थानिय दलित समन्वय समिति काठेखोला गाउँपालिका अध्यक्ष पूर्णमाया सुनारको अध्यक्षता काठेखोला गाँउपालिकाका दलित अधिकारकर्मी भिम किसानको स्वागत मन्त्वय र महिला तथा बालबालिका शाखाका प्रमुख रश्मी गौतमको सन्चालनमा सम्पन्न भएको थियो ।