त्रिपुरेस्वर महादेव मन्दिरको बार्षिकोत्सवमा रथयात्रा

/ प्रकाशित मिति :
मंगलबार, जेष्ठ १४ २០८२

बागलुङ, १२ जेष्ठ– बागलुङको काठेखोला गाँउपालिका–५ स्थित श्री त्रिपुरेश्वर महादेव मन्दिर परमानन्द सन्यास आश्रम बिहुंरामकोटमा ४२ औ बार्षिकोत्सवको अवसर पारेर रथयात्रा उत्सव सम्पन्न गरिएको छ ।

हरिहर सन्यास आश्रम देवघाटका अध्यक्ष तथा त्रिपुरेश्वर महादेव मन्दिर परमानन्द सन्यास आश्रमका संरक्षक स्वामी ज्ञानानन्द सरस्वतीको विशेष उपस्थितीमा काठेखोलाका जनप्रतिनिधी, विभिन्न धार्मिक सघसंस्था, विद्यार्थी शिक्षक अभिभावक लगायतको सहभागितामा रथयात्रा गरिएको आश्रमका सचिव हरि प्रसाद कँडेलले जानकारी दिनुभयो ।

आश्रम बाट स्थानिय पञ्चेवाजा र भजनकृतन सहित निस्केको टोलीले काँठेखोला वडानम्वर ५ र ६ का विभिन्न क्षेत्रको परिक्रमा गरी सोही मन्दिर परिसर गएर टुङ्गिएको थियो ।

सो अवसरमा भगवान शिवजिको बिशेष पुजाआराधना सहित भजन कृतन प्रस्तुत गरिएको थियो । आकर्षक शैलीमा बनेका धार्मिक संरचना तथा गण्डकी प्रदेशकै ठुलो शिवलिङ्ग रहेको यसमन्दिरमा पछिल्लो समय धार्मिक पर्यटक समेत बढ्दै गएको आश्रमका उपाध्यक्ष गौरीशंकर शर्मा सुवेदीले जानकारी दिनुभयो ।