प्रेस युनियनको स्थापना दिवसमा अस्पतालका बिरामी लाई फलफुल वितरण

/ प्रकाशित मिति :
सोमबार, जेष्ठ १३ २០८२

बागलुङ, १२ जेष्ठ – नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसको अवसरमा धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा उपचाररत विरामीलाई फलफुल वितरण गरिएको छ । युनिय स्थापनाको दिवसको पूर्व सन्ध्यामा सोमबार प्रेस युनियन बागलुङ शाखाको आयोजनामा अस्पतालमा उपचाररत विरामीको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै फलफुल वितरण गरिएको हो ।

सोमबार बिहान आयोजित कार्यक्रममा युनियनका अध्यक्ष संगम घर्ती, केन्द्रीय सदस्य प्रदिप पन्त, पत्रकार महासंघ बागलुङका उपाध्यक्ष सिर्जना पन्त सहितका पत्रकारले अस्पतालका बिरामीलाई फलफूल वितरण  गर्नुभएको थियो। फलफुल वितरण कार्यक्रममा बोल्दै नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य प्रदिप पन्तले श्रमजिवी पत्रकारको हकहितको रक्षार्थ नेपाल प्रेस युनियनले काम गर्दै आएको बताउनुभयो ।

स्थापना दिवसको अवसरमा युनियनले मंगलवार साँझ दिप प्रज्वलन गर्ने, बुधवार मैत्रीपूर्ण फुटसल लगायतको कार्यक्रम तय गरिसकेको अध्यक्ष संगम घर्तीमगरले जानकारी दिनुभयो । केन्द्रीय सर्कुलर अनुसारका कार्यक्रम तय गर्दै युनियनले अग्रज पत्रकार संवाद कार्यक्रम पनि तय गरेको छ । त्यस बाहेकका नविनतम कार्यक्रम पनि सप्ताहमा जोड्ने बताइएको छ ।

जेठ १३ गते स्थापना दिवस भएकाले १२ गतेदेखि कार्यक्रम शुरु गरिएको हो । सो अस्पतालमा उपचाररत ४० जना बिरामीलाई फलफुल वितरण गरिएको प्रेस युनियनका सचिव डम्वर बुढामगरले जानकारी दिनुभयो ।

नेपाल प्रेस युनियन बागलुङका अध्यक्ष संगम घर्तीमगरको अध्यक्षता, उपाध्यक्ष सुवास आचार्यको स्वागत मन्तव्य र सचिव डम्मर बुढामगरको संचालनमा सम्पन्न भएको थियो ।