समाजबाद उन्मुख शैक्षिक निति बनाउन नसक्दा शिक्षा क्षेत्रमा समस्या – पाठक

/ प्रकाशित मिति :
सोमबार, जेष्ठ ६ २០८२

बागलुङ, ५ जेष्ठ– बैशाख गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रि कृष्ण प्रसाद पाठकले समाजबाद उन्मुख शैक्षिक निति बनाउन नसक्दा शिक्षा क्षेत्रमा समस्या रहेको बताउनुभएको छ ।

श्री कुडुले माध्यमिक विद्यालय बा.न.पा – ४ बागलुङको ६७ औ बार्षिकोत्सव तथा नवनिर्मित भवनको उद्घाटन गर्दै उहाँले सामुदायिक विद्यालयले राज्यको लगानी अनुसारको उत्पादन दिन नसकेको बताउनुभयो ।मुलुकमा लोकतन्त्र स्थापना पश्चात व्यवस्था बदलिए पनि समाजवाद उन्मुख व्यावहारिक शिक्षा लागु हुन नसकेको चर्चा गर्दै स्वास्थ्य मन्त्रि पाठकले ” राज्यले व्यवस्था अनुसारको ब्यावहारिक शैक्षिक निति निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालय जनताको स्वास्थ्य र शिक्षा प्रति सजग रहेको धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ, श्रीधराचार्य शालग्राम संग्रहालयका संरक्षक स्वामी ऋषिप्रपन्नाचार्य, बा.न.पा ३ का वडा अध्यक्ष शनि केसी लक्ष्मण, ६ का वडा अध्यक्ष रुद्र वहादुर केसी, बा.न.पा ४ का पुर्व वडा अध्यक्ष धुव्र वहादुर केसी,कुडुले सेवा समाजका अध्यक्ष प्रेम प्रसाद आचार्य, पुर्व व्यवस्थापन समितिका अध्यक्ष तुलसीराम सापकोटा, लायन नारायण आचार्य, अभिभावक यामकली सापकोटा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हरिलाल कँडेलले विद्यालयको शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा विद्यालय लाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने सहयोगदाता र अक्षयकोष दाता लाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद आचार्यको अध्यक्षता, सहायक प्रधानाध्यापक बिष्णु प्रसाद आचार्य र विद्यार्थी आयुशा विश्वकर्माको स्वागत मन्तव्य र शिक्षक कृष्ण शर्माको संचालनमा सम्पन्न भएको थियो ।