घरको झ्याल बाट खसेर ज्येष्ठ नागरिक महिलाको मृत्यु

/ प्रकाशित मिति :
बुधबार, बैशाख २४ २០८२

बागलुङ, २४ बैशाख

बागलुङ नगरपालिका–४ श्रीनटोलमा तीन तलामाथि घरको झ्याल बाट खसेर ज्येष्ठ नागरिक महिलाको मृत्यु भएको छ ।

आज बिहान ४ः४५ बजे तेस्रो तलाको झ्यालबाट खसेर ९१ वर्षीया ज्ञानमाया खड्काको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तिलक भारतीले जानकारी दिनुभयो छ ।

मृतकको शव धौलागिरी प्रादेशिक अस्पतालमा परिक्षण भईरहेको प्रहरीले जनाएको छ ।