समस्याग्रस्त सहकारीका साना बचतकर्ताको बचत फिर्ता गर्ने सरकारको घोषणा

/ प्रकाशित मिति :
शुक्रबार, बैशाख १९ २០८२

बागलुङ, १९ बैशाख –सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको बचत फिर्ताको घोषणा गरेको छ।
शुक्रबार संसदको संयुक्त सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले साना बचतकर्ताको बचत फिर्ता गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरणका कोष खडा गरिने घोषणा गर्नुभएको हो । उहाँले सहकारी नीतिको पुनरावलोकन गरी नयाँ नीति जारी गरिने घोषणा समेत गर्नुभयो ।
सहकारी ऋण असुली न्यायाधीकरण स्थापना गरिने घोषणा पनि उहाँले गर्नुभएको छ । सहकारी तथ्यांक प्रणालीलाई व्यवस्थापनलाई विद्युतीय सूचना प्रणाली स्थापना गर्ने घोषणा पनि सरकारले गरेको छ ।
समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई तत्काल राहत उपलब्ध गराउन सहकारी नियमन प्राधिकरणमार्फत कोष स्थापना गरिने राष्ट्रपति पौडेलमार्फत प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ ।