शिक्षामन्त्री विद्या भट्टराईको आयो राजीनामा

/ प्रकाशित मिति :
सोमबार, बैशाख ८ २០८२

बागलुङ, ८ बैशाख– शिक्षामन्त्री विद्या भट्टराईलेसोमबार राजीनामा दिनुभएको छ । मन्त्री भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाउनुभएको हो ।मन्त्री भट्टराईले प्रधानमन्त्रीलाई राजीनामा बुझाएको उहाँको निजी सचिवालयले जानकारी दिएको छ । शिक्षकहरूले लगातार विभिन्न माग राखेर आन्दोलन गरिरहेका बेला शिक्षामन्त्री भट्टराईको राजीनामा आएको हो ।

यो विषयमा प्रधानमन्त्री र शिक्षामन्त्रीबीच विवाद रहँदै आएको थियो । पार्टीको बैठकमा समेत शिक्षामन्त्रीले विद्यालय शिक्षा विधेयकमा प्रधानमन्त्रीले जथाभाबी बोल्ने गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको थियो ।प्रधानमन्त्रीले नीजि विद्यालयलाई लगानी गर्न र सरकारको लगानी सुरक्षित गर्ने बताएका थिए । शिक्षामन्त्री भट्टराईले उक्त विषय बोलेकोमा समेत असन्तुष्टि व्यक्त गर्नुभएको थियो ।उहाँले संविधानले निःशुल्क शिक्षाको व्यवस्था गरेको तर प्रधानमन्त्री त्यसका विरुद्धमा बोल्दै हिँडेको भन्दै असन्तुष्टि जनाउनुभएको थियो ।

मन्त्री भट्टराईले आन्दोलनकारी शिक्षकहरूसँग भेटघाट समेत गर्नुभएको थियो । त्यसक्रममा उहाँले शिक्षा विधेयक संसदीय समितिमा दफावार छलफल हुँदै गरेको र यसलाई चाँडै टुङ्ग्याउन आफू प्रतिबद्ध रहेको बताउनुभएको थियो ।पछि शिक्षा मन्त्रालयले शिक्षकहरूलाई पटक–पटक वार्ताका लागि बोलाएको थियो । तर शिक्षकहरूले भने बेवस्ता गर्दै आएका थिए ।