स्वावियुको चुनावमा हारेपछि नेविसंघ बागलुङका अध्यक्ष पराजुलीको राजिनाामा

धौलागिरी संवाददाता, बागलुङ / प्रकाशित मिति :
शुक्रबार, चैत्र ७ २០८१

नेपाल विद्यार्थी संघ बागलुङका जिल्ला अध्यक्ष विशेष पराजुलीले राजिनामा दिनु भएको छ ।
स्वतन्त्र विद्यार्थी युनियन धौलागिरि बहुमुखी क्याम्पसको निर्वाचनमा नेविसंघको अध्यक्ष उमेदवार पराजित भएपछि उहाँले राजिनामा दिनु भएको हो । पार्टीले हस्तक्षेप गरेर चरम गुटबन्दी गर्दा हार व्यहोर्नु परेको भन्दै उहाँले आफुले नैतिकताको आधारमा राजिनामा दिएको बताउनुभयो ।
धौलागिरि बहुमुखी क्याम्पसमा भएको निर्वाचनमा नेविसंघको सभापति उमेदवार सृष्टी आचार्य पराजित भएपछि पार्टी नेतृत्वको अलोकतान्त्रिक, अराजनीतिक र गैरजिम्मेवार चरित्रका कारण आफ्नै संघर्षको इतिहासलाई न्याय गर्न नसकेको भन्दै राजिनामा दिएको बिज्ञप्ती मार्फत जनाउनु भएको छ ।
राजिनामा पत्रमा पराजुलीले लोकतन्त्र हार स्विकार गर्ने व्यवस्था भएकोले हारलाई सहर्ष स्विकार गरेर जित्ने उमेदवारलाई रचनात्मक सहयोग गर्ने प्रतिबद्दता समेत जनाउनु भएको छ । कर्तव्य पालना गरेर पनि परिणाम दिन नसकेपछि हारको नैतिक जिम्मेवारी लिएर राजिनामा दिएको उहाँले बताउनुभयो । उमेदवार छनौट प्रकृयाबाटै पार्टीले हस्तक्षेप गरेको उहाँको आरोप रहेको छ ।