बागलुङ सुधारलाई ट्राईबेकरमा पराजित गर्दै गुठीले जित्यो जेसिज कप

धौलागिरी संवाददाता, बागलुङ / प्रकाशित मिति :
आइतबार, फाल्गुन २५ २០८१

साविक विजेता बागलुङ सुधार केन्द्रलाई पराजित गर्दै ग्रेस गुराँश गुठी युनाइटेड बागलुङमा सम्पन्न तेस्रो संस्करणको जेसीज कप फुटबलको बिजेता बनेको छ ।
बागलुङ जेसीजको आयोजनामा सम्पन्न प्रतियोगिताको शनिवार भएको फाइनलमा खेलमा साविक बिजेता बागलुङ सुधार केन्द्रलाई ट्राइबेकरमा पराजित गर्दै ग्रेस गुराँश गुठी युनाइटेड तेस्रो संस्करणको जेसीज कप फुटबलको बिजेता बनेको हो ।
निर्धारित ९० मिनेटमा १÷१ गोल भएपछि थप १४ मिनेटमा पनि दुवै टिमबाट गोल हुन नसेका कारण खेल ट्राइवेकरमा पुगेको थियो । ट्राई बेकरमा गुठी ३ का बिरुद्ध ४ गोल गर्दै बिजेता बनेको हो । बिजेता बनेको ग्ुठीले हुनेले २ लाख नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
यसैगरी उपबिजेता बनको बागलुङ सुधार केन्द्रले १ लाख नगद पुरस्कार सहित ट्रफी र मेडल प्राप्त गरेको जेसीजका महासचिव सुलभ खड्काले जानकारी दिनुभयो । यसैगरि बिद्यागत तर्फ उत्कृष्ट हुने खेलाडिलाई पनि पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य दिपेन्द्र बहादुर थापा लगाएतले पुरस्कार बितरण गर्नु भएको थियो । कार्यक्रम बागलुङ जेसीज बर्ष २०२५ का शाखा सुशान्तकृष्ण श्रेष्ठको अध्यक्षता र कानुनी सल्लाहकार ताराप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।