३० औ जनयुद्ध दिवसका अवसरमा दिप प्रज्वलन

धौलागिरी संवाददाता, बागलुङ / प्रकाशित मिति :
शुक्रबार, फाल्गुन २ २០८१

नेकपा माओबादी केन्द्र बागलुङले ३० औ जनयुद्ध दिवसका अवसरमा दिप प्रज्वलन गरेको छ । जनयुद्धका घाईते,सहिद तथा बेपत्ता परिवारको स्मरण गर्दै नेकपा माओवादी केन्द्र नगर कमिटि बागलुङले जनयुद्ध दिवस मनाएको हो । सो अवसरमा बोल्ने वक्ताले १० वर्षे जनयुद्धका कारण मुलुकमा थुप्रै राजनितिक परिवर्तन भएको बताए । जनयुद्धले मुलुकमा संघियता, गणतन्त्र धर्म निरपेक्षता,समावेसी समानुपातिक व्यवस्था लागु भएकोले यसलाई सदैव स्मरण गर्नुपर्नेमा जोड दिए । जनयुद्ध बाट सृजित उपलब्धीको फाईदा लिने तर जनयुद्धलाई अपमान गर्नेलाई सचेत हुन समेत चेतावनी दिए ।
कार्यक्रम लाई नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य कृष्ण केसी, नेकपा विप्लव समुहका बागलुङ जिल्ला ईन्चार्ज टेक बहादुर केसी आजाद र माओबादी केन्द्रका गण्डकी प्रदेशका प्रमुख सचेतक तथा प्रदेश सभा सदस्य कुशुम बुढा लगायतले संबोधन गर्नुभएको थियो । कार्यक्रमको संचालन नेकपा माओबादी केन्द्र नगर कमिटिका अध्यक्ष निर्मल वहादुर श्रेष्ठले गर्नुभएको थियो ।