गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा मंगलबार सार्वजनिक विदा

/ प्रकाशित मिति :
सोमबार, माघ २१ २០८१

बागलुङ, २१ माघ – गण्डकी प्रदेश सरकारले माघ २२ गते मंगलबार गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । गण्डकी प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्थान र सार्वजनिक सेवा प्रदायक निकायहरुमा विदा दिने निर्णय भएको हो ।

गण्डकी प्रदेशको स्थापना २०७२ सालको माघमा भएको हो । यसअघि प्रदेश सभा र प्रदेश सरकारको स्थापना दिवस अलगअलग मनाइने गरेकामा यसपालि एकैदिन मनाइन लागेको हो ।
२०७४ माघ २२ गते गण्डकीमा पहिलो संसद् बैठक बसेको भएकाले त्यसै दिनलाई प्रदेश सभाले आफ्नो स्थापना दिवसका रुपमा मनाउँदै आएको थियो ।