नेपाल मगर विद्यार्थी संघ बागलुङको अध्यक्षमा कृष्ण अठारे मगर

/ प्रकाशित मिति :
शुक्रबार, माघ १८ २០८१

बागलुङ, १८ माघ– नेपाल मगर विद्यार्थी संघ बागलुङको अध्यक्षमा कृष्ण अठारे मगर चयन हुनुभएको छ । बागलुङ बजारमा सम्पन्न मगर विद्यार्थी संघ बागलुङको १२ औं जिल्ला अधिवेसनले मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा राजेश श्रीस मगर, सचिवमा प्रदीप थापा मगर र कोषाध्यक्षमा भाग्यश्री रोका मगर चयन भएका छन् ।

समितिको सदस्यहरुमा रुद्रबहादुर पुन, विकल्प घर्ती मगर, राजु पुन मगर, अनिता सिञ्जाली मगर, हरी थापामगर, मौसम घर्तीमगर, विनिता पुन मगर, भुषण थापामगर, निक्सन श्रीस मगर, विपन थापा मगर, बिपिन थापामगर, सरु थापामगर, रुयासा थापामगर तिर्सना पुनमगर, सिमस घर्तीमगर, प्रतीक्षा थापामगर, विन्दु पुन मगर चयन भएका छन् । उनीहरु सर्वसम्मत चयन भएको अध्यक्ष मण्डलका संयोजक नेपाल मगर विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष विष्णु आले मगरले जानकारी दिनुभयो ।

कार्यक्रमको उद्घाटन समारोहमा मगर विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष विष्णु आले मगर,नेपाल मगर संघ बागलुङका अध्यक्ष श्यामबहादुर पुन, नेपाल मगर विद्यार्थी संघका केन्द्रीय सदस्य यामबहादुर रोका मगर, नेपाल मगर विद्यार्थी संघका पूर्व केन्द्रीय सचिव मनिष थापा, नेपाल मगर विद्यार्थी संघ गण्डकी प्रदेश समिति अध्यक्ष डेक पुनले शुभकामना मंतव्य व्यक्त गर्नु भएको थियो ।

यसैगरि नेपाल मगर संघ बागलुङ नगर समिति अध्यक्ष हिराबहादुर थापामगर, नेपाल मगर विद्यार्थी संघ धवलागिरि बहुमुखी क्याम्पस इकाई समिति अध्यक्ष विशाल थापा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज बागलुङका निवर्तमान अध्यक्ष एवं सल्लाहकार संगम घर्तीमगर लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रम नेपाल मगर विद्यार्थी संघ बागलुङका कार्यबाहक अध्यक्ष डम्मर बुढामगरको अध्यक्षता, जिल्ला सदस्य कृष्ण अठारे मगरको स्वागत र सहसचिव अञ्जु रानाको सञ्चालनमा सम्पन्न भएको थियो ।