अर्थतन्त्र सुधार तथा सम्मृद्धि र विकासको लागि बालमैत्री नगर घोषणा कार्य महत्वपुर्णः उपप्रधानमन्त्री सिंह

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
बुधबार, माघ ९ २០८१

बागलुङ नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागलुङका दश स्थानीय तहमध्ये बागलुङ नगरपालिका दोश्रो बालमैत्री नगर घोषणा भएको हो ।

बालमैत्री स्थानीय शासन घोषणाको उद्घाटन गर्नुहुँदै उप–प्रधान तथा सहरी भवन विकाश मन्त्रि प्रकाशमान सिहँले बालबालिकाको उज्जल भविष्य र मुलुकको अर्थतन्त्र सुधार तथा सम्मृद्धि र विकासको लागि बालमैत्री नगर घोषणा कार्य महत्वपुर्ण रहेको वताउनुभयो ।

बालबालिकाहरुको हकहितको लागि घोषणा कार्यक्रमले चेतना र जागरण फैलाएर अर्थतन्त्र चलायमान बनाउन सहिने चर्चा गर्दै उहाँले यसको दिगोपनाका लागि सरोकारवालाहरुलाई जवाफदेही बनाउनुपर्नेमा जोड दिनुभयो ।

उपप्रधानमन्त्री सिंहले बालमैत्री अभियानले गुणस्तरीय व्यवहारिक शिक्षा र सिकाईमा बालबालिकाहरुको पहुँच पुर्याउनुको साथसाथै देशले असल नागरिक पाउने बताउनुभयो । बालमैत्री लगायत समग्र नगरको विकाशका लागि मन्त्रालयको तर्फवाट सक्दो सहयोग हुने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य किरणबावु श्रेष्ठ, गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठक, उपसभामुख बिनाकुमारी थापा, निवर्तमान संघिय साँसद मनकुमारी केसी जिसी, प्रदेश सभा सदस्य गोविन्द नेपाली, दिपेन्द्रबहादुर थापा, दिलमाया पौवी, नगरबाल सजालका अध्यक्ष अनुष्का कँडेल लगायतले मंतव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रभममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले बालमैत्री स्थानिय शासनयुक्त नगरको अन्तिम प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने बालमैत्री फोकल पर्सन तथा नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले बिभिन्न सुचाङ्कका बिषयमा जानकारी गराउनुभएको थियो ।

उद्घाटन पूर्व नगरपालिका भित्र रहको बिद्यालय, बिभिन्न संघ संस्थाको सहभागीतामा बाजागाजा, झाँकी सहितको ¥याली प्रदर्शन गरिएको थियो । कार्यक्रममा बिभिन्न विद्यालयका विद्यार्थीहरुले नृत्य, विज्ञान, कला, संस्कृति झल्कने प्रदर्शनी र झाँकीहरु प्रस्तुत गरेका थिए भने विभिन्न जातिय समूहहरुले सांस्कृतिक नाँच र झाँकीहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रम नगरप्रमुख बसन्तकुमार श्रेष्ठको अध्यक्षता सहित स्वागत, उपप्रमुख राजु खड्काको धन्यवाद मंतव्य, नगरपालिकाका भिमसेन पन्त र रचना आचार्यको संचालनमा सम्पन्न भएको थियो ।