काँठेखोलाको धारा माःविमा स्काउटको दिक्षान्त समारोह

/ प्रकाशित मिति :
बिहिबार, माघ ३ २០८१

 

बागलुङ, ३ माघ–बागलुङको काँठेखोला गाँउपालिका ४ तंग्राम स्थित धारा माबिमा एक समारोह विच नेपाल स्काउटको दिक्षान्त समारोह सम्पन्न गरिएको छ ।

तंग्राम स्थित सांस्कृतिक विभागको आयोजना र र नेपाल स्काउट स्थानिय समितिको समन्वयमा दिक्षान्त समारोह गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै काठेखोला गाउँपालिकाका अध्यक्ष तथा नेपाल स्काउट स्थानीय समिति काठेखोलाका संरक्षक राजु थापाले स्काउटकर्मीले सदैव ईमान्दारिता अनुसाशन र जनताको दुखसुखलाई आत्मसाथ गर्नुपर्ने वताउनुभयो ।उहाँले स्काउटको माध्यम वाट समाजमा सकरात्मक परिवर्तन ल्याउनुपर्नेमा जोड दिनुभयो ।

गाँउपालिकाका उपाध्यक्ष तथा नेपाल स्काउट स्थानीय समिति काठेखोलाका अध्यक्ष तेज बहादुर थापा तिलक ले सामाजिक भावना लिएर समाजको सेवा गर्ने उद्देश्य लिएर स्थापित स्काउट चारित्रिक, नैतिक, शैक्षिक रुपमा अब्बल रहेको बताउनुभयो ।

सो अवसरमा काठेखोला गाँउपालिका वडा नम्वर–४ का अध्यक्ष लक्ष्मण पुन, काठेखोला गाउँपालिकाका कार्यपालिका सदस्य तथा प्रवक्ता टिकासंगम विक, सदस्य सुन्तली विक. लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल स्काउट स्थानीय समिति काठेखोला गाउँपालिका संरक्षक राजु थापा अध्यक्ष तेजबहादुर थापा र प्रमुख आयुक्त होमनाथ गौतमद्धारा प्रधानाध्यापक सहित ३२ जना विद्यार्थीहरुलाई नेपाल स्काउट स्थानीय समिति काठेखोला गाउँपालिकाद्धारा दिक्षान्त गरिएको काठेखोला गाउँपालिकाका सदस्य प्रजापति गौतमले जानकारी दिनुभयो ।

कार्यक्रम नेपाल स्काउट स्थानीय समिति काठेखोला गाउँपालिका प्रमुख आयुक्त होमनाथ गौतमको अध्यक्षता, धारा माविका प्रधानाध्यापक कमला थापाको स्वागत र नेपाल स्काउट स्थानीय समिति काठेखोला गाउँपालिकाका सदस्य प्रजापति गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।