व्यापार वचत तथा ऋण सहकारी संस्थाको १२ औ साधारण सभा

/ प्रकाशित मिति :
मंगलबार, माघ १ २០८१

बागलुङ, १ माघ – व्यापार वचत तथा ऋण सहकारी संस्थाको १२ औ वार्षिक साधारण सभा  विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।
साधारण सभाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासघंका केन्द्रिय सदस्य युवराज राजभण्डारीले गर्नुभएको थियो ।

सो अवसरमा बोल्दै उहाँले सहकारी सघंसंस्था लाई निति नियम अनुसार संचालन गर्नुपर्ने वताउनुभयो । सहकारीमा चुनौती र अवसर दुवै रहेको चर्चा गर्दै राजभण्डारीले नियम विपरित संचालन भएका सहकारीका कारण सिंगो सहकारी क्षेत्र लाई गलत तरिकाले बुझ्न नहुनेमा जोड दिनुभयो ।

कार्यक्रमा व्यापार वचत तथा ऋण सहकारी संस्थाका सल्लाहकार मेघनाथ गैरे, कपडा तथा फेन्सी व्यावसायी समितिका अध्यक्ष दल वहादुर कार्की डिबी र पत्रकार महासघंका पुर्व अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले सहकारी लाई व्यवस्थीत बनाउनका लागि संचालक कर्मचारी र सेयर सदस्यको भुमिका महत्वपुर्ण हुने वताउनुभएको थियो ।

सो अवसरमा सचिव गोकुलप्रसाद कँडेलले प्रगति प्रतिवेदन, कोषाध्यक्ष रविन्द्र कुमार श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक घनस्याम शर्माले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सो अवसरमा जेष्ठ सेयर सदस्य मेघनाथ गैरे,कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने छात्र विपिन कँडेल, छात्रा करुणा सुवेदी, उत्कृष्ट कारोवारी मंगल सुवेदी, मातृका प्रसाद आचार्य,देबी छन्त्याल, सरिता पौडेल लाई सम्मान गरिएको थियो । त्यसैगरी असल ऋणि लालवावु कुमार शाह, नियमित चल्ती वचतकर्ता मनोज कुमार प्रसाद शाह र नियमित अवधी वचतकर्ता वासुदेव पौडेल लाई सम्मान गरिएको थियो ।

कार्यक्रम व्यापार वचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष ईन्द्रमणी पौडेलको अध्यक्षता, उपाध्यक्ष विमल श्रेष्ठको स्वागत मन्तव्य र सचिव गोकुल प्रसाद कँडेलको संचालनमा सम्पन्न भएको थियो ।