धौलागिरी एफएमका स्टेशन प्रमुख शर्मालाई पुरस्कार

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
शुक्रबार, पुष २६ २០८१

गुहेली सञ्चार सहकारी संस्था बागलुङमा स्थापना भएको कला गौरी स्मृति कोषबाट यस बर्षको पत्रकारीता पुरस्कार धौलागिरी एफएमका स्टेशन प्रमुख उमाकान्त शर्मालाई प्रदान गरिएको छ । सहकारीका संस्थापक उपाध्यक्ष टिकाराम उपाध्यायले आमा बाबुको स्मृतिमा स्थापना गरेको कोषबाट हरेक बर्ष संस्थाका शेयर सदस्य मध्येबाट एक जना पत्रकार र एक जना जेष्ठ शेयर सदस्यलाई पुरस्कृत गरिँदै आएको छ । शर्मालाई पत्रकारीता क्षेत्रमा योगदान पुर्याएको भन्दै उक्त पुरस्कार प्रदान गरिएको हो । त्यस्तै सहकारीका जुष्ठ शेयर सदस्य खगराज पाध्यालाई कोषले सम्मान गरेको थियो ।