सडक स्तरोन्नतीको माग गर्दै ज्ञापनपत्र पेस (भिडियोसहित)

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
सोमबार, पुष २२ २០८१

बागलुङ– कुश्मीसेरा बरेङहुँदै शान्तिपुर जोडने सडकमा निर्माण व्यावसायीको चरम लापरबाही भएको भन्दै कुश्मीसेरा रुम्टा–राङखानी सडक खण्ड सघर्ष समितिले बिरोध जनाएको छ ।
समितिले उक्त सडकको कुश्मीसेरा देखी राङखानी देवलधारासम्मको १० किलोमिटर सडक खण्डको निर्माण व्यावसायी शर्मा क्याराभान जेभी प्रालि लामो समयदेखी सम्पर्कविहिन भई निर्माण कार्यमा देखाएको चरम लापरबार्ही र वेवास्ता प्रति बिरोध जनाउदै गण्डकी प्रदेशका मुख्यमन्त्रि सुरेन्द्रराज पाण्डेको कार्यालयमा ज्ञापनपत्र समेत पेस गरेको छ ।
यसखण्डका जनताले लामो समयदेखी सास्ती पाईरहेको र लामो समय सम्म निर्माण कार्य पुरा नहुँदा यस खण्ड जिर्ण बन्दै गएकोले यथाशिर्घ सडक स्तरोन्नती र कालोपत्रेको माग गर्दै १५ दिने अल्टीमेटम सहित मुख्यमन्त्रिको कार्यालयमा ज्ञापन पत्र पठाएको हो ।
कुश्मीसेरा रुम्टा–राङखानी सडक खण्ड सघर्ष समितिका संयोजक भिम श्रीसद्धारा हस्ताक्षेरित ज्ञापनपत्रमा तोकिएको समयसिमा भित्र निर्माण कार्य पुरा गर्न नसक्ने तर सक्ता र शक्तिकेन्द्रको चाकडी गरी पटकपटक म्याद थप्दै जाने प्रवृतिकोे निन्दा गरिएको छ ।
समयमा काम सम्पन्न नहुँदा यातायात सेवामा असहजता संगै यस क्षेत्रका नागरिकले हिउदमा धुलो र बर्षायाममा हिलोको सास्ती खेप्नुका साथै नागरिकको स्वास्थ्य र जनजीवनमा प्रत्यक्ष असर पारेको संयोजक श्रीसले बताउनुभयो । यथाशिघ्र सडक स्तरोन्नती र कालोपत्रे नभएमा सघर्ष समिति कडाभन्दा कडा आन्दोलनमा उत्रिने चेतावनी समेत सघर्ष समतिले दिएको छ ।
राङखानी देवलधारादेखी बरेङ गाँउपालिका–१ लेउवासम्मको ११ किलोमिटर सडकको कालोपत्रे गर्ने कार्य गत आर्थिक वर्ष भित्रै सम्पन्न भएको तर उक्त खण्ड भन्दा चारपाँच वर्ष अगाडीनै निर्माण कार्य शुरु भएको यो खण्डको स्तरोन्नती र कालोपत्रे गर्ने कार्यको शुरुआत पनि नभएको हुँदा जनताले निकै सास्ती र कष्टकर जिवन यापन गर्नुपर्ने बाध्यता रहेको श्रीसले बताउनुभयो ।

भिडियो हेर्नुहोस्ः