राष्ट्रिय सुस्त मनस्थिति कल्याण संस्थाको अध्यक्षमा विद्यादेवी खड्का

/ प्रकाशित मिति :
आइतबार, पुष २१ २០८१

बागलुङ, २१ पुस– बागलुङ ,बौद्विक अपांग भएका बालबालिकालाई शिक्षा दिने उदेश्यका साथ स्थापना भएको राष्ट्रिय सुस्त मनस्थिति कल्याण संस्था बागलुङ शाखाको २६ औँ जिल्ला सभा एवं नवौँ अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।

अधिवेशनले विद्यादेवी खड्काको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको छ । समितिको उपाध्यक्षमा हिराबहादुर केसी, सचिवमा युक्तजङ्ग राजभण्डारी, सहसचिवमा नारायण केसी र कोषाध्यक्षमा पिङ्गला जिसी खड्का रहनुभएको छ ।यसैगरी समितिका सदस्यहरूमा नारायणदेवी राजभण्डारी  रघुराम भारी सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिका संयोजक अधिवक्ता गोविन्द प्रसाद ओझाले जानकारी दिनुभयो ।

कार्यक्रममा पूर्व सभापति एवं समाजसेवी श्याम श्रेष्ठ लाई सम्मान पत्र सहित दोशल्ला ओढाएर सम्मान गरिएको थियो।अधिवेशनको उद्घाटन बाग्लुङ नगरपालिका वडा नम्बर – ४ का वडाअध्यक्ष कुमार विक्रम क्षेत्रीले गर्नुभएको थियो । सो अवसरमा बोल्दै उहाँदे बौद्धिक अपाङ्गता भएकाहरु लाई जीवनपयोगी  र व्यवसायिक मूलक शिक्षा प्रदान गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बागलुङका उपसभापति राजेन्द्र आचार्य , नेपाल परिवार नियोजन संघका केन्द्रीय कोषाध्यक्ष निर्माण कुमार श्रेष्ठ बासु, समाजसेवी महेन्द्र आचार्य सुस्त मनस्थिति कल्याण संस्थाका केन्द्रीय सचिव अगम कुमार पालिखे लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो। साधारण सभामा प्रगति प्रतिवेदन सचिव निरज शाक्य आर्थिक प्रतिवेदन कोषाध्यक्ष पिङ्गला जिसीले प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा समाजका विभिन्न तह र तप्कामा रहेर विद्यालयलाई सहयोग पु¥याउने लायन्स क्लब धौलागिरी बागलुङ महिला समाज कल्याण केन्द्र लायन्स क्लब पिस टाउन ,ओशो अमृतम ध्यान केन्द्र बागलुङ लगायतका संघसंस्थालाई कदरपत्र बाट सम्मान गरिएको थियो।
कार्यक्रममा धौलागिरी लघुपित्तका प्रमुख कार्यकारी अधिकृत जीवनराम जोशीले रु १० हजार सहयोग प्रदान गर्नुभएको थियो।
कार्यक्रम संस्थाका अध्यक्ष मनमाया श्रेष्ठको अध्यक्षता र सचिव युक्तजंङ्ग राजभण्डारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।