कालिका मन्दिरमा मंसिर महिनाको आम्दानी २९ लाख

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
बिहिबार, पुष ४ २០८१

बागलुङ कालीका भगवती मन्दिरमा मंसिर महिनामा २९ लाख बढी आम्दानी गरेको छ । कालीका गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको अनुसार, मंसिर महिनामा मंन्दिरमा २९ लाख १२ हजार ६ सय ९० रूपैयाँ आम्दानी भएकोमा १४ लाख ३७ हजार ३९ रूपैयाँ खर्च भएको छ । मंसिरमा १४ लाख ७४ हजार ६ सय ५१ रूपैयाँ बचत भएको छ ।
मन्दिरमा भक्तजनहरूले समर्पण गरेको भेटीबाट १७ लाख ८ हजार ६ सय ४०, चामल बिक्रीबाट ३५ हजार १ सय, बोकाबाट १ लाख २ सय ५०, कुखुराबाट ७ हजार ६ सय, राँगोबाट २ हजार, सटर भाडा ३ लाख ९ हजार ५ सय ४०, विवाहबाट १० हजार ५ सय, वनभोज स्थलबाट १ हजार, आर्थिक सहयोग ४३ हजार २ सय १०, परेवा बिक्रीबाट ६ लाख ५४ हजार ७ सय ५०, ब्रतबन्धबाट ९ सय, पण्डितबाट १८ हजार ४ सय रुपैयाँ आम्दानी भएको गुठीका अध्यक्ष कुमार खड्काले जानकारी दिए ।
कर्मचारीहरूको तलवमा ४ लाख ५ सय, बिजुलीमा ३५ हजार ९ सय ३०, पूर्वाधार विकासमा ५ लाख २८ हजार ६ सय ९८, पुजा खर्च ५५ हजार, पोशाकमा ५३ हजार, विज्ञापन खर्च ६ हजार, मेसिन तथा उपकरण २८ हजार, खाद्यान्न र आवासमा ७८ हजार, मर्मत संभारमा १७ हजार, यातायात तथा भ्रमणमा १ लाख ३ हजार ८ सय रूपैयाँ खर्च भएको गुठीका कोषाध्यक्ष रमेश खड्काले बताए ।