धौलागिरि अस्पताललाई सार्वजनिक सुनुवाई गर्न पत्राचार

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
बुधबार, मंसिर १९ २០८१

भ्रष्टाचारविरुद्ध नागरिक निगरानी संस्था बागलुङले धौलागिरी अस्पताल बागलुङको आर्थिक कारोवार पारदर्शि बनाउन माग गरेको छ । अस्पतालमा हुने आम्दानी खर्चको विवरण नागरिकलाई जानकारी हुनेगरी सार्वजनिक सुनुवाई गर्न संस्थाले माग गरेको हो ।
अस्पतालले बिभिन्न शिर्षकमा नागरिकबाट स्वास्थ्य सेवा लिएबापत उठेको शुल्क दुरुपयोग गरेको संस्थाका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले दाबी गरे । अस्पतालले सार्वजनिक सुनुवाइ कार्यक्रम नगरेको भन्दै संस्थाले पत्राचार गरेको छ ।
भ्रष्टाचारविरूद्व नागरिक निगरानी संस्था बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले मंसिर १६ गते धौलागिरि अस्पताल बागलुङको नाममा पत्राचार गरि अस्पतालबाट दिइने सेवा सुविधाबारे सार्वजनिक सुनुवाइ गरेर सुसूधौलागिरि अस्पताललाई सार्वजनिक सुनुवाई गर्न पत्राचारचित गर्नुपर्नेमा अहिलेसम्म नगरेको भन्दै सरोकारवाला समेतको ध्यानाकर्षण गराएका छन् ।
संस्थाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा, जिल्ला प्रशासन कार्यालय बागलुङ र बागलुङ नगरपालिका कार्यालयलाई बोधार्थ समेत दिएर दबाब सृजना गर्दै सार्वजनिक सुनुवाईको माग गरेको हो । अस्पतालमा केही समयदेखि नागरिकले पाउने स्वास्थ सेवा सुविधा सन्तोषजनक नभएको गुनासो आएपछि अहिले देखिएको समस्या हल गर्न आवाज उठाएको संस्थाले जनाएको छ ।