गौरीधाम शिवमन्दिर भजन समुहको वार्षिकोत्सव

/ प्रकाशित मिति :
मंगलबार, मंसिर ११ २០८१

बागलुङ, ११ मंसिर – बागलुङ नगरपालिका वडा नं. ४ उपल्लाचौरस्थित गौरीधाम शिवमन्दिर भजन तथा सत्संग समुहको वार्षिकोत्सव विविध कार्यक्रम सहित सम्पन्न भएको छ ।शिवमन्दिरको भजन तथा सत्संग समुहले एकादशी पर्वको अवसर पारेर मंगलबार दिप प्रज्वलन, प्रवचन, भजन कृतनसहित वर्षिकोत्सव मनाएको हो ।

वार्षिकोत्सवको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका कार्यवाहक नगरप्रमुख राजु खड्काले गौरीधामसहित जिल्लामा थुप्रै धार्मिक तिर्थस्थल रहेकाले पछिल्लो समय धार्मिक पर्यटकको संख्यमा वृद्धि भएको बताउनुभयो । खड्काले धार्मिक संरचनामार्फत पर्यटन भित्राउनका लागि बागलुङ नगरपालिकाले सहयोग गर्दै धारणा व्यक्त गर्नुभयो ।

गौरीधाम शिवमन्दिर भजन तथा सत्संग समुहका संरक्षक तथा पुर्व प्रजिअ बुद्धी बहादुर केसीले २०७२ सालमा स्थापना भएको समुहले उत्पत्तिका एकादशी व्रतको अवसर पारेर वार्षिकोत्सव मनाउन शुरु गरेको जानकारी दिनुभयो ।

मन्दिर व्यवस्थापन समितिका नवनिर्वाचित अध्यक्ष नारायण केसीले मन्दिरलाई व्यवस्थित बनाउन सबैको साथ र सहयोग आवश्यक पर्ने बताउनुभयो । कार्यक्रम गौरीधाम शिवमन्दिर भजन तथा सत्संग समुहका अध्यक्ष लक्ष्मी कँडेलको अध्यक्षता, संरक्षक भिम पौडेलको संचालन र उपाध्यक्ष झलक बहादुर खत्रीको स्वागतमा सम्पन्न भएको थियो ।