क्वालिटीले एकसाथ पायो दुई वटा अवार्ड

धौलागिरी संवाददाता, बागलुङ / प्रकाशित मिति :
बिहिबार, मंसिर ६ २០८१

सौर्य उर्जाको क्षेत्रमा काम गर्दै आईरहेको क्वालिटी रिन्युएवल इनर्जी प्रा.लि.ले एकसाथ दुई वटा अवार्ड प्राप्त गरेको छ । सोलार क्वाटर साउथ एशियाले काठमाडौंमा आयोजना गरेको नविकरणीय उर्जा सप्ताह-२०२४ नेपाल (RE WEEK 2024 NEPAL) को अवसरमा क्वालिटी रिन्युएवल इनर्जीले ‘वेष्ट ग्रामिण इलेक्ट्रीफिकेसन अवार्ड’ र ‘वेष्ट सोलार अफग्रिड प्रोजेक्ट अफ द एयर-२०२४’ अवार्ड प्राप्त गरेको हो ।
दुवै अवार्ड नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले क्वालिटी रिन्युएवल इनर्जीका प्रमुख अपरेटिङ अफिसर (सिओओ) तुफान गौतमलाई प्रदान गरे । सो अवसरमा प्रमुख अतिथि घिसिङले दुर्गम र ग्रामिण क्षेत्रमा पुगेर सौर्य उर्जा मार्फत नागरिकलाई उज्यालो प्रदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा क्वालिटी रिन्युएवल इनर्जीलाई धन्यवाद समेत दिए ।
क्वालिटीका सिओओ तुफान गौतमले हिमाली जिल्ला मुस्ताङको वस्तीमा सोलारको माध्यमबाट घर घरमा विजुली पुराएको र दुर्गम सल्यानका वस्तीमा सोलार मार्फत खानेपानीको आयोजना समपन्न गरेकोले यी दुईवटा अवार्ड प्राप्त गरेको बताए । क्वालिटीले सौर्य उर्जाबाट अफ ग्रिड र अन ग्रिड मार्फत विधुत उत्पादन गरी सेवा प्रदान गर्दै आइरहेको छ । आफ्नो कम्पनीले नविकरणीय उर्जाका सवै आयाममा काम गर्दै आइरहेको सिओओ गौतमले बताए ।
क्वालिटी रिन्युएवल इनर्जीले सोलार सिचाई, सोलार लिफ्टीङ खानेपानी आयोजना, सोलार होम सिस्टम, संस्थागत सोलार प्रणाली, रुफ टप सिस्टम, मिनीग्रिड, सडक सोलार बत्ति, सुधारिएको चूलो, विधुतिय चूलो, वाटर हिटर, वायो ग्यास, वायोमास लगायतका नविकरणीय क्षेत्रमा काम गरीरहेको गौतमले बताए ।
सो अवसरमा नविकरणीय उर्जाको क्षेत्रमा काम गर्ने विभिन्न क्षेत्रका ब्यक्ति र संस्थाहरु सम्मानित भएका थिए ।