गलकोटमा पिकअप दुर्घटना हुँदा तिनजनाको मृत्यु

/ प्रकाशित मिति :
शुक्रबार, भाद्र २८ २០८१

बागलुङ, २८ भदौ – बागलुङको गलकोट नगरपालिका–२ मा पिकअप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । शुत्रबार विहान रा १ ज २०० नम्बर को पिकअप जिप दुर्घटना हुँदा दुई महिला र एक पुरुषको मृत्यु भएको हो । दुर्घटनामा एकजना घाईते भएका छन् ।

मृत्यु र घाइते हुनेको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिनुभयो ।
घाइतेलाई धौलागिरी अस्पताल बागलुङमा पठाइएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिनुभयो ।

पिकअप मध्यपहाडी लोकमार्गदेखि करिब ३०० मिटर तल खसेको उहाँको भनाइ छ । थप विवरण आउन बाँकी छ ।