विद्यामन्दिर माध्यमिक विद्यालयमा ब्रस यट द स्कुल कार्यक्रम संचालन

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
शुक्रबार, साउन ४ २០८१

बिद्यामन्दिर माविमा ब्रस यट द स्कुल कार्यक्रम संचालन बागलुङको विद्यामन्दिर माध्यमिक विद्यालयमा ब्रस यट द स्कुल कार्यक्रम संचालन भएको छ । नेदरल्याण्डको स्टिचिङ नेपाल र धौलागिरि एकीकृत ग्रामिण बिकास केन्द्र डिआइआरडिसी बागलुङको सहयोगमा ब्रस यट द स्कुल कार्यक्रम संचालन भएको हो । सो कार्यक्रमको उद्घाटन बागलुङ नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष सनि केसि (लक्ष्मण) ले गर्नु भएको थियो । कार्यक्रममा डिआइआरडिसि बागलुङका हेल्थ असिस्टेन्ट चन्दन शर्मा र विद्यामन्दिर माविका स्टाफ नर्स सविता ज्ञावलीले टुथपेष्ट र ब्रसको प्रयोग तथा दाँत र मुखको सरसफाईको बारेमा सहजिकरण गर्नुभएको थियो । विद्यालयको नर्सरी देखि कक्षा १२ सम्मका १ हजार ३ सय भन्दा बढी विद्यार्थीहरुलाई टुथपेष्ट र ब्रस वितरण गरिएको थियो भने कक्षा २ सम्मका विद्यार्थीहरुलाई दैनिक रुपमा विद्यालयमा नै दाँत र मुखको सरसफाई गर्नका लागि व्यवस्था मिलाइएको डिआइआरडिसिका परियोजना व्यवस्थापक शालिग्राम शर्माले जानकारी दिनुभयो । शर्माले विद्यार्थीहरुलाई वर्षभरी आवश्यक पर्ने टुथ पेष्ट र ब्रस उपलब्ध गराउने र आगामी वर्षमा पनि निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष बाबुलाल शाक्य र बानपा ३ का वडा सदस्य नगेन्द्रबहादुर केसीले मंतव्य राख्नु भएको थियो । ैकार्यक्रम विद्यालयका प्रधानाध्यापक छविरमण रेग्मीको अध्यक्षता, विद्यालयका नर्स सविता ज्ञवालीको स्वागत र शिक्षक थानेन्द्र गौतमको संचालनमा सम्पन्न भएको थियो ।