रजत जयन्तीमा एकताको पुर्नमिलन

कृष्ण संयोग / प्रकाशित मिति :
शनिबार, असार ३០ २០८१

बागलुङमा संचालित एकता सहकारी संस्थाले रजत बर्षको अवसरमा पुर्नमिलन कार्यक्रम गरेको छ ।
बिभिन्न कार्यक्रमका साथ रजत बर्ष मनाइरहेको सहकारीले स्थापना कालदेखि हालसम्मका बिभिन्न समिति र उपसमितिका पदाधिकारीबिचमा पुर्नमिलन कार्यक्रम गरेको हो ।
सो अवसरमा संस्थाले हालसम्मको संचालक समिति, लेखा समिति र बिभिन्न उपसमितिका पदाधिकारी सदस्य गरि ९० जनालाई संस्थाको लोगो अंकित चाँदीको सिक्का बितरण गरेको थियो । कार्यक्रमको शुभारम्भ बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्तकुमार श्रेष्ठले गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख श्रेष्ठले जिल्लाको सहकारी अभियानलाई जिवित राख्नका लागि एकता सहकारीले महत्वपूर्ण योगदान दिएको बताउनुभयो । उहाँले आगामि दिनमा सदस्य केन्द्रित भएर संस्थाका गतिविधी संचालन गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा संस्थाका संरक्षक पद्यमचन्द्र राजभण्डारी र संस्थापक अध्यक्ष चण्डीप्रसाद शर्माले मंतव्य व्यक्त गर्नु भएको थियो । संस्थाका प्रवन्धक दिपकजंग राजभण्डारीले स्थापना कालदेखि हाल सम्म भएको गतिविधीका वारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष धुर्व प्रसाद शर्माको अध्यक्षता, उपाध्यक्ष युवराज राजभण्डारीको धन्यावाद मंतव्य र सहसचिव सुनिता पुरीको संचालनमा सम्पन्न भएको थियो ।