श्रीरंगवैकटेश मुक्तिनारायण मन्दिर परिसरमा शालग्राम भजन महोत्सव शुरु

/ प्रकाशित मिति :
आइतबार, बैशाख २ २០८१

बागलुङ १ बैसाख – बागलुङ नगरपालिका – ४ कुडुँले फेदी स्थित श्रीरंगवैकटेश मुक्तिनारायण मन्दिर शालग्राम संग्रहालयमा ५ दिवसिय कार्यक्रमका साथ शालग्राम भजन महोत्सव शुरु भएको छ । श्रीरंगवैकटेश मुक्तिनारायण मन्दिरको ३७ औ ब्रम्होत्सवका अवसर पारेर भजन महोत्सवको आयोजना गरिएको हो ।

महोत्सवको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले बागलुङ लगायत समग्र गण्डक क्षेत्र पवित्र तिर्थस्थलको रुपमा विकशित हुँदै गएको बताउनुभयो ।

शालग्राम संग्रहालय, बागलुङ कालिका र पञ्चकोटले जिल्लाको गौरव बढाएको चर्चा गर्दै नगर प्रमुख श्रेष्ठले जिल्लामा भित्रिने पाहुनाहरु लाई उचित सम्मान र सुरक्षाको व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले आन्तिरीक तथा बाह्य जिल्लाबाट धार्मिक पर्यटकहरु देवभुमीको रुपमा यहाँका तिर्थस्थलमा दर्शन गर्न आउन थालेको चर्चा गर्दै” अपुग धार्मिक संरचनाका पुर्वाधार निर्माण गर्नका लागि सबैले सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा स्वामी दाश रथी, मुक्तिनाथ बेदविद्याश्रमका पुर्व अध्यक्ष तथा बरिष्ठ चन्दादाता सहदेव राजभण्डारी, स्वामी रंङ्गराजआचार्य, बागलुङ नगरपालिका वडानम्वर– ५ का अध्यक्ष हरिप्रसाद शर्मा,– ६ का अध्यक्ष रुद्र बहादुर केसी, वडा नम्वर– ४ का अध्यक्ष कुमार विक्रम क्षेत्री, पुर्व वडा अध्यक्ष धुव्रवहादुर केसी र शिव सापकोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यहि बैसाख ५ गते सम्म संचालन हुने महोत्सवमा लोक भजन सहित स्वामी श्री धराचार्यको शालिक अनावरण, वाल्मिकीय रामायण प्रवचन लगायतका कार्यक्रम समावेस रहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

कालिगण्डकीको सभ्यता बचाउन तथा शालग्रामको प्रवद्धन गरी जिल्ला लाई धार्मिक तथा पर्यटकिय गन्तव्यको रुपमा विकाश गर्नका लागि मन्दिरको ३७ औ ब्रम्होत्सवका अवसर पारेर शालग्राम भजन महोत्सवको आयोजना गरिएको शालग्रम संग्रहालयका परिकल्पनाकार स्वामी ऋषि प्रपन्नाचार्यले बताउनुभयो ।

कार्यक्रममा लोक भजन चुट्का समुहका अध्यक्ष टेक बहादुर केसी संगमको टोलीले भजन प्रस्तुत र अन्तराष्ट्रिय कृष्ण भावना मृत संघ ईस्कोनको टोलीले धार्मिक नृत्य प्रस्तुत गरेको थियो ।

भजन महोत्सव लाई प्रतियोगिता नभै प्रस्तुतीको रुपमा लगिने मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष हरिप्रसाद उपाध्यायले बताउनुभयो । उहाँका अनुसार हाल सम्म भजन प्रस्तुतीका लागि १५ समुहले नाम टिपाएका छन् ।

शालग्राम संग्रहालयका परिकल्पनाकार स्वामी ऋषि प्रपन्नाचार्यको अध्यक्षता, मन्दिर व्यवस्थापन समितिका सचिव रामकृष्ण सापकोटाको स्वागत मन्तव्य र उपाध्यक्ष हरिप्रसाद उपाध्यायको संचालनमा कार्यक्रमको उद्घाटन सत्रको समापन भएको थियो ।

यसैबिच शालग्राम भजन महोत्सवका अवसरमा प्रशिद्ध बागलुङ कालिका भगवती मन्दिर देखी शालग्राम संग्रहालय सम्म दौड प्रतियोगिता सम्पन्न भएको छ । ७ जना महिला सहित १३ जना सहभागी प्रतियोगिता बाट प्रथम मिङमार सेर्पा र द्धितिय विकाश घिमिरे भएका छन । यस्तै महिला तर्फ निर्जला चौधरी प्रथम र सूस्मा थापा द्धितिय भएको उपाध्यक्ष हरिप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।