पालिकाको समृद्धिका लागि सवैको सहकार्य आवश्यकः पूर्वसांसद गोविन्दप्रसाद शर्मा कँडेल

दोस्रो काठेखोला गाउँपालिका अध्यक्ष कपको उद्घाटन
कृष्ण संयोग, बागलुङ / प्रकाशित मिति :
बुधबार, चैत्र २८ २០८០

बागलुङको काठेखोला गाउँपालिकामा दोस्रो काठेखोला गाउँपालिका अध्यक्ष कप शुरु भएको छ ।
कला, साहित्य, संगीत र खेलकुद क्षेत्रको प्रतिभाहरुको संरक्षण, सम्र्बद्धन र प्रवद्र्धन गर्ने उद्देश्यले नयाँ बर्ष २०८१ को बैसाख १ गतेसम्म संचालन हुने गरि खेलकुद, साहित्य एवं सांगीतिक प्रतियोगिता शुरु भएको हो ।
काठेखोला गाउँपालिकाको आयोजना, काठेखोला गाउँपालिका स्तरीय कला, संस्कृति तथा खेलकुद विकास समितिको संयोजन र व्यवस्थापनमा वडा नम्बर २ भीमापोखराको अक्षेते बजारमा शुरु भएको कार्यक्रमको पूर्व साँसद गोविन्दप्रसाद शर्मा कँडेलले उद्घाटन गर्नु भएको थियो ।


कार्यक्रमको उद्घाटनपछि सम्वोधन गर्दै कँडेलले अध्यक्ष कपले गाउँपालिका क्षेत्रभित्र रहेका कला, साहित्य, संगीत र खेलकुद क्षेत्रको प्रतिभाहरुको संरक्षण, सम्र्बद्धन र प्रवद्र्धनमा सहयोग पुग्ने बताउनुभयो । उहाँले पालिकाको समृद्धिका लागि सवैको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा पूर्व साँसद टंकप्रसाद शर्मा कँडेल, पालिकाका निवर्तमान अध्यक्ष अमर थापा, बर्तमान उपाध्यक्ष तेजबहादुर थापा तिलक, नेपाली काँग्रेसका प्रेम पुन, नेकपा एमाले काँठेखोलाका अध्यक्ष डिलबहादुर कार्की, राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेल, वडा अध्यक्ष खड्कबहादुर थापा र प्रमुख प्रशासकिय अधिकृत खगराज गौतमले शुभकामना मंतव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम गाउँपालिकाका अध्यक्ष राजु थापाको अध्यक्षता, वडा नम्वर २ का वडा अध्यक्ष बिद्यापति शर्माको स्वागत र प्रशासन प्रमुख मनोज कार्कीको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रम शुरु हुनुपूर्व सोरठी, यानीमाया, सालैजो, पञ्चेबाजा र झाँकी प्रदर्शन गरिएको थियो । पहिलो दिन भलिवल खेल संचालन भएको प्रवक्ता टिका संगम विकले जानकारी दिनुभयो ।

– उद्घाटनको पुरा भिडियो हेर्नुहोस् ।