मुस्ताङको कागबेनीमा श्राद्ध गर्न गएका एक तीर्थालुको लेक लागेर मृत्यु

/ प्रकाशित मिति :
मंगलबार, चैत्र २७ २០८០

 

बागलुङ, २७ चैत्र – मुस्ताङको कागबेनीमा श्राद्ध गर्न गएका एक तीर्थालुको लेक लागेर मृत्यु भएको छ । गुल्मी जिल्ला मालिका गाउँपालिका वडा नम्बर ७ घमिरका ६८ वर्षीय कृष्णप्रसाद लम्सालको सोमबार बिहान वारागुङ मुक्तिक्षेत्र–४ कागबेनीधाममा पुजापाठ गर्ने क्रममा लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

मुस्ताङको धार्मिक स्थल कागबेनीधामको कालिगण्डकी किनारामा दिवंगत पितृको श्राद्ध, पिण्डदान र तर्पण दिनका लागि पूजापाठ र स्नान गरिरहेको बेला अचानक श्वासप्रश्वासमा समस्या देखिएपछि लम्साललाई मुस्ताङ अस्पताल जोमसोम ल्याइएको थियो । उपचारका क्रममा स्वास्थ्यकर्मीले सोमबार मृत घोषणा गरेका थिए ।

मुस्ताङमा लेक लागेर चालु आर्थिक वर्षको ९ महिनामा ११ जनाले ज्यान गुमाइसकेका छन् । जसमध्ये ३ जना नेपाली र ८ जना भारतीय छन् ।