नेकपा एमाले बागलुङको दशौं अधिबेशनको लोगो सार्वजनिक

/ प्रकाशित मिति :
बिहिबार, चैत्र २२ २០८០

बागलुङ, २२ चैत्र नेकपा एमाले बागलुङको दशौं अधिवेशनको लोगो सार्वजनिक भएको छ । नेकपा एमाले केन्द्रिय सदस्य इन्द्रलाल सापकोटा, सावित्रा राना, जिल्ला अध्यक्ष हिरा बहादुर केसी लगायतले पार्टी कार्यालयमा दशौं अधिवेशनको लोगो सार्वजनिक गर्नुभएको हो ।

कालिगण्डकीको तिरदेखि ढोरपाटनको शिरसम्मको प्रतिनिधित्व हुने गरी चित्रांकन गरी लोगोमा समेटिएको छ । दश वटा गुराँसले घेरा हालेको जिल्लाको पहिचान र दशौं अधिबेशनको संकेतको रुपमा चित्रित गरिएको छ । जिल्लाका सबै पालिकामा राष्ट्रिय फुल लालिगुराँस पाहिने भएकाले गुराँसकै घेरा तयार गरिएको पार्टी अध्यक्ष केसीले बताउनुभयो । जिल्लाको नक्साको पृष्ठभुमीमा राष्ट्रिय झण्डा र नाउर तथा घोरलको चित्र अंकित छ ।

एमाले जिल्ला किमिटि सचिव बिष्णु भुसालका अनुसार प्रचार कमिटीले तयार गरेको लोगोमा जिल्लाको बस्तुगत अबस्थिती देखाईएको छ ।
दशौं जिल्ला अधिबेशन आगामि चैत २९ र ३० गते सदरमुकाम बागलुङ बजारमा हुँदै छ ।