पर्वतको मल्लाजमा एक दम्पतीको हत्या

/ प्रकाशित मिति :
मंगलबार, चैत्र २០ २០८០

 

बागलुङ, २० चैत्र –पर्वतको जलजला गाउँपालिका–२ मल्लाजमा एक दम्पतीको हत्या भएको छ।

वडाध्यक्ष प्रकाशबहादुर घर्ती क्षेत्रीका अनुसार म्याग्दी जिल्लाको गलेश्वर मन्दिरको पूर्वतर्फ मल्लाजको राममन्दिरबाट केही माथि रहेको घरमा बस्दै आएका करिब ६८ वर्षीय प्रकाश जिसी र उहाँकी श्रीमती करिब ६५ वर्षीया गमला जिसीको हत्या भएको हो।

दुईजना छोरा रोजगारीका लागि दक्षिण कोरियामा र एकजना छोरा म्याग्दीको बेनी बजारमा व्यापार गर्दै आएकाले उहाँहरू दुईजना मात्रै घरमा बस्दै आउनुभएको थियो ।

मंगलवार बिहान अबेरसम्म पनि घरमा चहलपहल केही नदेखिएपछि खोजी गर्दा हत्या गरिएको अवस्थामा फेला पर्नुभएको हो । एउटा शव घोप्टो अवस्थामा रहेको र अर्को शव खाटमाथि पल्टिएको अवस्थामा भेटिएको थियो।

घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक खुमलाल भुसालको नेतृत्वमा पुगेको प्रहरी टोलीले घटनाको विषयमा अनुसन्धान शुरु गरेको छ।