शालग्राम संग्रहालयमा पर्यटकको आकर्षण बढ्यो, गतवर्ष ४० हजार बढिले अवलोकन गरे

/ प्रकाशित मिति :
सोमबार, चैत्र ५ २០८០

बागलुङ, ५ चैत – गत आर्थिक वर्षमा बागलुङ नगरपालिका ४ कुडुले फेदी स्थित शालग्राम संग्रहालयको गतवर्ष ४० हजार बढिले अवलोकन गरेका छन् ।

विश्वमै दुर्लभ मानिने शालग्राम शिलाको संरक्षणका लागि कुँुडुले फेदीस्थित श्री रङ्गवेकटेश मुक्तिनारायण मन्दिर, मुक्तिनाथ वेदविद्याश्रम तिरुपति बालाजीधाममा स्वामी श्रीधरचार्यको नामबाट सवा लाख शालग्राम शिला संग्रहित संग्रहालयमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको हो ।

संग्रहालयको अवलोकन तथा दर्शनका लागि रु १ सयको टिकट लिनुपर्ने व्यवस्था मिलाईएको छ । टिकट बिक्रिका आधारमा गत वर्ष ४० हजार बढिले अवलोकन गरेको संग्रहालयका परिकल्पनाकार स्वामी ऋषि प्रपन्नाचार्यले बताउनुभयो । यहाँ बिशेष गरी नेपाल र भारतका भक्तजन तथा पर्यटक बढि आउने गरेका छन ।

दिनहुको दोहनले लोप हुँदै गएको शालग्रामको धार्मिक तथा बैज्ञानिक महत्व बुझाउन तथा कालिगण्डकी नदीको संरक्षण गर्नका लागि संग्राहालय स्थापना गरिएको स्वामी प्रपन्नाचार्य बताउनुहुन्छ । भूमिगत रूपमा निर्माण गरिएको सङ्ग्रहालयको मुखमा आकर्षक बाघको आकृति बनाइएको छ ।

त्रिशुल आकारमा भु–गर्भ भित्र निर्मित सङ्गाहालयमा त्रिवेणीधाम देखी दामोदर कुण्डसम्मका बिभिन्न आकृति राखिएको छ । संग्राहालय प्रति आकर्षण बढेपनि भगवान बिष्णुको प्रतिक मानिने शालग्रामको महत्व अझै बुझाउन कठिन भईरहेको संग्रहालयका परिकल्पनाकार स्वामी ऋषि प्रपन्नाचार्यको भनाई छ । संग्रहालय परिसरमा श्रीधराचार्य औषधालय समेत संचालनमा छ ।