वीरशाली पन्त स्मृति कोषद्धारा प्रा ःडा. रेग्मी पुरस्कृत

/ प्रकाशित मिति :
सोमबार, फाल्गुन २८ २០८០

बागलुङ, २८ फागुन – बागलुङ नगर पालिकाद्वारा स्थापित वीरशाली पन्त गौरवमय पुरस्कार विन्दबासिनी संस्कृत विद्यापीठका प्राचार्य प्राध्यापक डाक्टर जगन्नाथ रेग्मीलाई प्रदान गरिएको छ ।

वीरशाली पन्त स्मृति कोषले सोमबार एक कार्यक्रमको आयोजना गरी र विन्दबासिनी संस्कृत विद्यापीठका प्राचार्य डाक्टर जगन्नाथ रेग्मीलाई नगद रु. २५ हजार सहित सम्मान पत्र र दोशल्ला ओढाएर सम्मान गरिएको हो । सो पुरस्कार कोषका अध्यक्ष प्राज्ञ प्रेम छोटा र बागलुङ नगरपालिकाका नगर उप–प्रमुख राजु खड्काले संयुक्तरुपमा प्रदान गर्नुभएको थियो।

तत्कालीन मुलपालीको ढिकीचौरमा जन्मनु भएका नेपाली र संस्कृत साहित्यका मूर्धन्य स्रष्टा पन्तको स्मृतिमा २०७७ साल फागुन २८ गते बागलुङ नगरपालिकाको बैठकले स्मृति कोषमा ५ लाख रुपैया राखेर कोष स्थापना गरेको थियो । उक्त कोषको व्याजबाट पुरस्कार प्रदान गरिएको कोषका संयोजक प्राज्ञ प्रेम छोटाले जानकारी दिनुभयो ।

सो अवसरमा बोल्दै बागलुङ नगरपालिकाका उप–प्रमुख खड्काले भाषा, कला, साहित्य र संस्कृतिको जर्गेनाका लागि बागलुङ नगरपालिकाले नगरपालिकाले सक्दो लगानी गर्ने बतउनुभयो । पुरस्कृत डा. रेग्मीका दर्जन बढि भाषा, साहित्य, धर्म संस्कृति लगायत दर्जन बढि कृति प्रकाशित छन् ।

कार्यक्रममा सम्मानित व्याक्तित्व प्राःडा जगन्नाथ रेग्मी, धौलागिरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्राःडा राम प्रसाद शर्मा, पुर्व नगर प्रमुख जनक पौडेल, वरिष्ठ साहित्यकार काजिरोशन, वीरशाली पन्त स्मृति कोषका सदस्य ज्ञानेन्द्रराज पन्त, समाजसेवी विश्वनाथ रेग्मी र बिना कार्की लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम वीरशाली पन्त स्मृति कोषका अध्यक्ष प्रेम छोटाको अध्यक्षता, वरिष्ठ अधिवक्ता काजिगाउले श्रेष्ठको स्वागत मन्तव्य र सविच हरि प्रसाद पाण्ड्यको संचालनमा सम्पन्न भएको थियो ।