महिला दिवसको अवसरमा चेम्वर रोड महिला समुहद्धारा खुल्ला घैटोफोर प्रतियोगिता

/ प्रकाशित मिति :
शनिबार, फाल्गुन २६ २០८០

 

बागलुङ, २६ फागुन – १ सय १४ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर चेम्वर रोड महिला समुह बागलुङले खुल्ला घैटोफोर प्रतियोगिता सम्पन्न गरेको छ ।

७० जना महिला तथा पुरुष सहभागी प्रतियोगितमा ४ जनाले घैटो फोर्न सफल भएका थिए । प्रतियोगिता बाट उत्कृष्ट हुन सफल रिदम पौडेल, प्रतिभा शर्मा, रमा कँडेल र राधिका किसान लाई प्रदेस सभा सदस्य तथा पुर्व राज्यमन्त्रि चम्पा देबी खड्का र चेम्वर रोड महिला समुहका अध्यक्ष सरिता तिमिल्सेनाले पुरस्कार वितरण गर्नुभएको थियो ।

सो अवसरमा बोल्दै सभा सदस्य खड्काले हक अधिकार प्राप्तीका लागि महिलाहरु आफै जागरुक हुनुपर्ने वताउनुभयो । उहाँले महिला माथि हुने गरेका सबैखाले हिसाँ न्युनिकरणका लागि एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रम चेम्वर रोड महिला समुहका अध्यक्ष सरिता तिमिल्सेनाको अध्यक्षता र सचिव सचिना क्षेत्रीको संचालनमा सम्पन्न भएको थियो ।