फेन्सी व्यावसायी समिती द्धारा सालवोट शिवमन्दिर परिसर सरसफाई

/ प्रकाशित मिति :
शुक्रबार, फाल्गुन २५ २០८០

 

बागलुङ, २५ फागुन – कपडा तथा फेन्सी व्यावसायी समिति बागलुङले शिवरात्रि पर्वका अवसरमा बानपा ९ स्थित सालवोट शिवमन्दिर परिसर सरसफाई गरेको छ । फेन्सी व्यावसायी समितिका अध्यक्ष दलबहादुर कार्की डिवीको नेतृत्वमा सालवोट पुगेको टोलीले मन्दिर परिसर सरसफाई गरेको हो ।

सो अवसरमा बोल्दै मन्दिर व्यवस्थापन समितिका सदस्य नन्दराम शर्माले समितिले गरेको सरसफाईले मन्दिरमा पुजाआराधनका लागि आउने भक्तजनका लागि सहज भएको बताउनुभयो । अध्यक्ष कार्कीको नेतृत्वमा निवर्तमान अध्यक्ष रामचन्द्र शर्मा, उपाध्यक्ष गोविन्द सुबेदी, कोषाध्यक्ष मातृका आचार्य, मुरारी गैरे, मनोज कुमार शाह, नारायण पौडेल लगायतको टोलीले सरसफाई गरेको थियो ।

कार्यक्रम कपडा तथा फेन्सी व्यावसायी समितिका अध्यक्ष डिबी कार्कीको अध्यक्षता, सहसचिव रबिन्द्र कुमार श्रेष्ठको स्वागत मन्तव्य र सचिव प्रेमलाल गौतमको संचालनमा सम्पन्न भएको थियो ।